पोखरा विमानस्थल भ्रष्टाचारमा ५ जना पूर्वमन्त्री सहित दर्जनौं विरुद्ध मुद्धाः को को जोडिए ?

काठमाडौं २१ मंसिर । पोखरा अन्तर्राष्ट्रिय विमास्नथल निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दामा पाँच पूर्वमन्त्रीसहित सचिवहरूविरुद्ध पनि मुद्दा चल्ने भएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ५५ जना र एउटा कम्पनीविरूद्ध मुद्दा दायर गर्ने निर्णय गरेको छ।

आइतबार अख्तियारले उक्त मुद्दा विशेष अदालतमा दायर गर्न लागेको हो।

अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा आठ अर्ब ३६ करोडको भ्रष्टाचार भएको अख्तियारको दाबी छ।

यस मुद्दामा पूर्वमन्त्री रामशरण महत, पोष्टबहादुर बोगटी लगायत पाँच जना मन्त्रीहरूविरूद्ध मुद्दा चलाउने तयारी भएको हो।

स्रोतका अनुसार, सचिवहरू मधु मरासिनी, सुशील घिमिरे, सुरेशमान श्रेष्ठ, सुमनप्रसाद शर्मा, भेषराज शर्मालाई प्रतिवादी बनाइएको छ । त्यस्तै, सहसचिवहरू रञ्जनकृष्ण अर्याल, मोहनकृष्ण सापकोटा, लोकबहादुर खत्री, सुरेश आचार्यलाई पनि यो मुद्दामा प्रतिवादी बनाइएको छ ।

सञ्चालक समिति सदस्य मनरुप शाही, नागरिक उड्डययन प्राधिकरणका सदस्य ज्योति अधिकारी, मनोज कार्की, फुर्वा छिरिङ शेर्पा, सदस्य सचिव मदन खरेल, मुक्तिनारायण पौडेल, सूर्यप्रसाद आचार्यलाई पनि विपक्षी बनाइएको छ ।

तत्कालीन मन्त्रीहरू भीम आचार्य, रामकुमार श्रेष्ठ, दिपक अमात्य, रामशरण महत र पोष्टबहादुर बोगटीलाई विपक्षी बनाइएको छ । त्यस्तै, रतिशचन्द्र लाल सुमन, तत्कालीन उपमहानिर्शेशबक सुमन कुमार श्रेष्ठ, उपसचिव हरिबहादुर खड्कालाई पनि प्रतिवादी बनाइएको छ ।

त्यस्तै, रतिशचन्द्र लाल सुमन, तत्कालीन उपमहानिर्शेशक सुमन कुमार श्रेष्ठ, उपसचिव हरिबहादुर खड्कालाई पनि प्रतिवादी बनाइएको छ ।

नागरिक उड्ड्यन प्राधिकरणका तत्कालीन उप महानिर्देशक रोशन चित्रकार, उपमहानिर्देशक ऋषिकेश शर्मा, उपनिर्देशक नारायण गिरी, उपनिर्देशक महेश कुमार बस्नेत, निर्देशक बाबुराम पौडेल, उपनिर्देशक अशोक कुमार सुवेदी, प्रबन्धक मुरारी भण्डारी, उपनिर्देशक सुवर्णराज उपाध्यायलाई पनि प्रतिवादी बनाइएको छ ।

अख्तियार स्रोतका अनुसार ५६ जनालाई प्रतिवादी बनाएर अख्तियारले विशेष अदालतमा मुद्दा दायर गर्न लागेको हो ।
पोखरा विमानस्थल भ्रष्टाचारमा सुशील कोइरालाबारे अख्तियारः मृत्यु भएकाले बुझ्न परेन

तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाबारे बुझ्न नपर्ने निर्णय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छ ।

आइतबार विशेष अदालतमा दायर गरिएको मुद्दामा तत्कालीन प्रधानमन्त्री कोइरालाबारे पनि बुझ्नुपर्ने भन्ने अख्तियारको निष्कर्ष थियो । तर, तत्कालीन प्रधानमन्त्री कोइरालाको निधन भइसकेको भन्दै उनीबारे बुझ्न नपर्ने व्यहोरा अख्तियारले आरोपपत्रमा उल्लेख गरेको छ ।

अख्तियारले तत्कालीन पाँच पूर्वमन्त्रीसहित ५६ जनालाई प्रतिवादी बनाएर आइतबार विशेष अदालतमा मुद्दा लगेको छ ।

अहिले उक्त मुद्दा दर्ताको प्रक्रियामा छ । स्रोतका अनुसार, ८ अर्ब ३६ करोड बिगो मागदाबी गरेर अख्तियारले मुद्दा लगेको हो ।

यही मुद्दामा तत्कालीन मन्त्री पोष्टबहादुर बोगटीलाई भने अख्तियारले प्रतिवादी बनाएको छ । उनको निधन भइसकेकाले पत्नी राममाया बोगटीलाई प्रतिवादी बनाएर अख्तियारले मुद्दा लगेको छ ।

सञ्चालन अध्ययन कार्यदलका प्रमुखसमेत मुद्दामा

सर्वोच्च अदालतका पूर्वरजिस्ट्रार तथा विमानस्थल निर्माणसम्बन्धी अध्ययन कार्यदलका तत्कालीन संयोजक रामकृष्ण तिमल्सेना, सुरेशमान श्रेष्ठ, मधुकुमार मरासिनीलगायत उच्च पदस्थ १० पूर्वसचिवलाई पनि भ्रष्टाचार मुद्दामा समावेश गरिएको अख्तियारले जनाएको छ।

राष्ट्रिय गौरवको आयोजनामा ठूला अनियमितता

चिनियाँ ऋण सहयोगमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रिय गौरवका आयोजनामध्ये एक मानिन्छ। निर्माणका चरणमै अनियमितताको आरोप उठ्दै आएको थियो।

सार्वजनिक लेखा समितिले समेत ‘ठूलो भ्रष्टाचार’ भएको निष्कर्ष निकाल्दै विस्तृत अनुसन्धान गर्न निर्देशन दिएको थियो। सोही आधारमा अख्तियारले विस्तृत छानबिनपछि अब विशेष अदालतमा मुद्दा दायर गरेको हो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति