लिग चरणको अन्तिम खेलमा आज जनकपुर र कर्णाली खेल्दै

काठमाडौं, २१ मंसिर ।  नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लिग चरणको अन्तिम खेलमा आज अङ्क तालिकाको पुछारका दुई टोली जनकपुर बोल्ट्स र कर्णाली याक्स खेल्दैछन् । खेल कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा दिउँसो साढे ३ बजे शुरु हुनेछ ।दुवै टोली ‘प्ले अफ समीकरणबाट बाहिरिसकेका छन् । यो खेल प्रतिष्ठाको लागि मात्रै हुनेछ ।

६ खेलमा एउटा मात्रै खेल जितेको कर्णाली सातौं स्थानमा छ भने समान खेलमा एउटा मात्रै खेल जितेको साविक विजेटा जनकपुर तालिकाको पुछारमा छ ।क्वालिफायर र इलिमिनेटर समीकरण पूरा भएको छ । अब क्वालिफायरमा शीर्ष स्थानमा रहेको सुदूरपश्चिम रोयल्स र दोस्रो स्थानमा रहेको विराटनगर किङ्ग्सबीच खेल हुनेछ । यस्तै इलिमिनेटरमा तेस्रो स्थानको काठमान्डु गोखार्ज र चौथो स्थानको लुम्बिनी लायन्सबीच खेल हुनेछ । गएको मङ्सिर १ देखि शुरू भएको दोस्रो संस्करणको एनपीएलको फाइनल खेल यही २७ गते हुनेछ । प्रतियोगितमा ८ वटा टोली सहभागी छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति