दाङको लमहीमा सुनचाँदी पसलमा लुटेराले गोली चलाउँदा कालिगढ घाइते

काठमाडौं, २० मंसिर – दाङको लमही नगरपालिका वडा नम्बर ५ मा रहेको जुनतारा सुनचाँदी पसलमा लुटेराले गोली चलाएको छ । पसल लुट्न आएको व्यक्तिले चलाएको गोली लागेर पसलमा काम गर्ने कालिगढ १८ वर्षीय दीपक सुनार घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
गोली लागेका व्यक्तिको अवस्था सामान्य रहेको र गोली चलाउने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । गोली चलाए पनि लुटेराले सुन लैजान भने पाएन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति