निर्वाचनको तयारीमा लाग्न नेपाली कम्युनिष्ट पार्टीले गर्‍यो अपानीमार्फत निर्देशन

काठमाडौं, २० मंसिर । कार्तिक १९ गते नेकपा माओवादी केन्द्र, नेकपा एससहितका विभिन्न दलहरू एकता भएर गठन भएको नेपाली कम्युनिष्ट पार्टीले पार्टीको एकता प्रक्रिया, एकता राष्ट्रिय सम्मेलनका निर्णय, पार्टीको घोषणा पत्र, विभिन्न सहमतिहरू र तत्काल गर्नुपर्ने कामहरूको विषयमा जानकारी र कार्यान्वयनका लागि अन्तर पार्टी निर्देशन (अपानी) जारी गरेको छ ।अपानीमा फागुन २१ को निर्वाचनको तयारीमा लाग्न, जेनजी पुस्ताको भावना समेट्न सबै नेताकार्यकर्तालाई निर्देशन गरिएको छ । ‘प्रतिनिधि सभामा निर्वाचन फागुन २१ मा निर्धारण गरिएको छ, यसमा जेनजी पुस्ताको भावना समेटेर अगाडि जानुको विकल्प छैन, तत्काल आफ्नो कार्यक्षेत्रमा खटिएर निर्वाचनको तयारीमा जुट्न निर्देशन गरिएको छ’ अपानीमा उल्लेख छ ।गत कात्तिक १९ मा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र अन्य घटकको एकतापछि नेपाली कम्युनिस्ट पार्टी निर्माण भएको थियो । एमाले पूर्वउपाध्यक्ष भीम रावलको मातृभूमि अभियान कात्तिक २६ मा नेकपामा मिसियो । त्यसपछि सातै प्रदेशमा सन्देशसभा गर्ने निर्णय भएअनुसार अहिले त्यो कार्यक्रम जारी छ ।वाम एकताको सन्देश दिन गठित नेकपाले आफ्नो अपानीमा पार्टी गठनको पृष्ठभूमिमा जेनजी आन्दोलनपछिको अवस्था, कम्युनिष्ट पार्टीहरू एक नहुँदा अहिले प्राप्त उपलब्धिको रक्षा नहुने अवस्था र अहिले बढ्दै गइरहेको निराशालाई चिर्नका लागि पार्टी एकता गरिएको र त्यहीअनुसार नेता कार्यकर्ता आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गरिएको छ ।त्यसै गरी पार्टी एकताको प्रक्रिया विभिन्न समयमा गरिएका सहमति र यसमा सामेल दलहरूका विषयमा अपानीमा सबै उल्लेख गरिएको छ । सुरुमा १० वटा दलहरू एकता प्रक्रियामा रहेकोमा पछि थपिएका सबै दलको विवरण यसमा समावेश गरिएको छ ।त्यसै गरी एकता राष्ट्रिय सम्मेलनको आयोजना र निर्णयअन्तर्गत पार्टीको चुनाव चिन्ह पाँच कुने तारा राख्नेसहतिका निर्णयसहत ११ बुँदाहरू समावेश गरिएको छ ।अपानीमा निर्वाचन आयोगमा दल दर्ता,थप समूहबीचको एकता, अपिल प्रकाशन तथा तत्कालीन र दीर्घकालीन योजनाहरूसमेत उल्लेख गरिएको छ ।

यस्तो छ अपानीको पूर्ण विवरण

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति