काठमाडौं, १८ मंसिर । सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले घटेको छ । आज सुन तोलामा आठ सय रुपैयाँले घटेर तोलाको दुई लाख ५३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ५४ हजार एक सय रुपैयाँ थियो ।यस्तै आज चाँदीको भाउ पनि ३० रुपैयाँले घटेको छ । आज चाँदी ३० रुपैयाँले घटेर तोलाको तीन हजार ६ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको तीन हजार ६ सय ५५ रुपैयाँ थियो ।
सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले घट्यो
प्रतिक्रिया