प्रभुपछि गुण समूहका अध्यक्ष राजेन्द्र शाक्य पनि बैंकिङ कसूरमा पक्राउ

काठमाडौं, १७ मंसिर । प्रभु समूहपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंकिङ कसूरमै गुण समूहमा पनि हात हालेको छ।बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गतको आरोपमा गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्यलाई बुधबार काठमाडौंबाट पक्राउ गरेको हो।कुसुम लामा समेत संलग्न रहेको भनिएको ठगी, आपराधिक विश्वासघात र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतका कसूरको अनुसन्धान गर्दै जाँदा प्रभु बैंकका कार्यकारी अधिकृत अशोक शेरचनले बैंकलाई हानि पुर्‍याउने गरी अनियमित कर्जा प्रवाह गरेको तथ्य भेटिएको सीआईबीले जनाएको छ।विज्ञ टोलीले तथ्य विश्लेषण गर्ने क्रममा विभिन्न कम्पनीका नाममा करोडौं रुपैयाँ कर्जा दुरुपयोग भएको देखिएको सीआईबीले जनाएको छ। त्यही आधारमा उच्च अदालत पाटनबाट अनुमति लिएर आज शाक्यलाई जावलाखेलबाट पक्राउ गरिएको सीआईबीले पुष्टि गरेको छ।सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार पक्राउ परेका शाक्यविरुद्ध थप अनुसन्धान भइरहेको छ।यसअघि प्रभु बैंकका सीईओ अशोक शेरचनसहित तीजना पक्राउ परिसकेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति