काठमाडौं १७ मंसिर । जनमत पार्टीका अध्यक्ष सीके राउतले मधेश स्वात्तताको नारा आफ्नो राजनीतिक अस्त्र भएको बताएका छन् । डा. राउतले एबीसी टेलिभिजनको कार्यक्रम आउटलुकका लागि प्रधानसम्पादक शुभशंकर कँडेलसँग विस्तृत कुरा गर्दै भने– प्रदेश स्वायत्त नभएसम्म संघीयता बलियो हुँदैन । कतिपयले स्वायत्तताको नारालाई विखण्डन समेत भनेका छन् नि भन्ने जिज्ञासामा राउतले भने– कुनै बेला मैले नै मधेशको नारालाई आफ्नो कुरा सुनाउने माध्यम बनाएको थिएँ । त्यो नारा अहिले झन बढी सान्दर्भिक देखिएको छ ।
राउतले मधेश स्वायत्ता र जेनजी विद्रोहका बारेमा विस्तृत व्याख्या गर्दै भन्छन्– ‘राजनीति इतिहास, लगन र धैर्यता विना एउटा हातमा पासपोर्ट अर्को हातमा ढुंगो समातेर हुँदैन ।’
राउतसँगको विशेष अन्तर्वार्ता एबीसी टेलिभिजनमा मंगलवार राती ९ बजे प्रसारण भएको थियो ।
मधेश स्वायत्तताको नारा राजनीतिक अस्त्र हो : सिके राउत(भिडियो)
प्रतिक्रिया