विचरा पार्टी त बनाए तर, फ्युज गएको चिम बोक्या छ : ओली

नेपाली शब्दकोषबाट असंवैधानिक’ शब्द नै हटाइदिए हुने

काठमाडौं १७ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ऊर्जामन्त्री कुलमान घिसिङ समर्थित उज्यालो नेपाल पार्टीको चुनाव चिह्नप्रति कटाक्ष गरेका छन् । मंगलबार (मंसिर १६) पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा उनले उज्यालो नेपाललाई ‘फ्युज गएको चिम’ भन्दै व्यंग्य गरेका हुन् ।
“हिपोक्रेसीको कस्तो जमाना छ ओहो १ उज्यालो नेपाल, सिम्बोल पनि चिम राख्ने । फ्युज गएको चिम,” ओलीले भने, “कति साह्रो नेपाली जनतालाई ! ।”
उनले तोडफोड, आगजनीलाई क्रान्ति भन्न अप्ठ्यारो नमारेर केही मान्छेले लाभ लिइरहेको जिकिर गरे । “आगजनी, वितण्डा, राष्ट्रिय क्षति, देशलाई पछाडि धकेल्ने काम, आर्थिक हिसाबले ध्वस्त पार्ने काम । त्यसको महिमामण्डन गरेर आफ्नो स्वार्थ, एउटा व्यक्तिको स्वार्थ कत्रो होला र ? हात्तीजत्रो पनि हुँदैन ।”
ओलीले देशलाई सही ‘ट्रयाक’मा फर्काउनुपर्नेमा जोड दिए । ‘असंवैधानिक’ रूपमा संसद् विघटन भएको भन्ने सत्य बोल्न नसके नेपाली शब्दकोषबाट उक्त शब्द नै हटाइदिए हुने उनले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति