काठमाडौं १७ मंसिर । पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले सरकारले इच्छाशक्ति राख्ने हो भने विदेशमा बसेका नेपालीलाई सजिलै मतदान गराउन सकिने विधि सुझाएका छन् । एबीसी टेलिभिजनका लागि प्रधानसम्पादक शुभशंकर कँडेलसँग विशेष कुरा गर्दै पौडेलले इभोटिंग गर्नका लागि छिमेकी भारतको सहयोग र अनुभवले नेपालको आगामी चुनावलाई काम गर्ने बताएका छन् ।
जेनजी विद्रोहपछि विदेशमा बसेका नेपालीलाई उनीहरु बसेकै ठाउँबाट मतदान समेत गर्न नदिने हो भने यो परिवर्तनको के काम ? पौडेलेको प्रश्न छ । झण्डै तीस वर्षभन्दा बढी निर्वाचन आयोगमै विताएका पूर्व प्रमुख पौडेलले दोस्रो संविधानसभाको निर्वाचन गराएका थिए ।
भारतले सम्पूर्ण निर्वाचन क्षेत्रमा अनलाइन भोटिंग अभ्यास गरेकाले नेपालले त्यसबाट सिक्न र प्रयोग गर्न सक्नुपर्ने पौडेलेको सुझाव छ ।
पौडेले यो निर्वाचनका के के चुनौति हुनसक्छन् भन्नेदेखि जेनजीहरुसँगको कस्तो सम्वादमा उनी संलग्न रहेका छन् भन्ने बारेमा पनि विस्तृत कुरा गरेका छ्न ।
के आगामी फागुन २१ गते चुनाव हुन्छ ? पूर्व प्रमुखआयुक्त के भन्छन् ?(भिडियो)
प्रतिक्रिया