सुनको मूल्य सामान्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं, १६ मंसिर । नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा २ लाख ५३ हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार २ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको हो । यस्तै चाँदीको मूल्य भने बढेको छ । सोमबार तोलामा ३ हजार ५३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार सामान्य बढेर ३ हजार ५४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति