ईश्वर पोखरेललगायतका एमाले नेता थापागाउँमा आन्तरिक छलफलमा

काठमाडौं, १५ मंसिर। एमालेको भावी अध्यक्ष लड्न मैदानमा उत्रिएका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायतका नेताहरू छलफलमा जुटेका छन् ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको थापागाउँस्थित सम्पर्क कार्यालयमा नेताहरूको भेला जारी छ ।
महाधिवेशन प्रतिनिधिको छनोट र पछिल्लो अवस्थाबारे विश्लेषणसहित टीमको भावी रणनीतिबारे छलफल भइरहेको सहभागी एक नेताले बताए ।
थापागाउँमा पोखरेल, उपाध्यक्षहरू सुरेन्द्र पाण्डे र अष्टलक्ष्मी शाक्य, सचिवद्वय योगेश भट्टराई र गोकर्ण विष्ट लगायतका नेता उपस्थित छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति