अब ट्रेलरमा मात्र होइन, फुल सिजन चल्दैछ, तर प्लट ट्विस्ट हरेक एपिसोडमा!
नेपालपेज पोलिटिकल ह्युमरः मुख्य क्यारेक्टरहरू (सिजन १ को रिभ्यु र सिजन २ को स्पोइलर)
- रवि लामिछाने (रास्वपा) “म आएँ, देखेँ, जितेँ… अनि जेल परेँ” वाला हीरो। अहिले विवेकशील साझासँग मर्जर गरेर “रास्वपा २.०” प्रदर्शनको तरखर, आफू भने भित्रै । ट्रेलर डाइलग !: “यो पटक घण्टी मात्र होइन, ताला पनि लगाउँछु!” → वास्तविकता: ताला उनकै कोठामा लाग्यो, पुर्पक्षको लागि।
- कुलमान घिसिङ (उज्यालो नेपाल पार्टी) नेपालको एकमात्र व्यक्ति जसले “लोडसेडिङ हटायो” भनेर भगवानको स्टाटस पाए,दिलाइयो । अहिले भगवान आफैं अवतार लिएर आउँदैछन्। क्याचफ्रेज: “अब लोडसेडिङ होइन, भ्रष्टाचार हटाउँछु!” → रास्वपासँग मर्जर कुरा मिलेन किनभने कुलमानले भने – “घण्टी होइन, बल्ब चाहिन्छ!”
- हर्क साम्पाङ (श्रम संस्कृति पार्टी) धरानमा आफैं बेल्चा बोकेर सडक खन्ने मेयर। अब देशभरि बेल्चा लिएर हिँड्दैछन्। क्याचलाइन: “भोट दिनुस्, नदिए पनि श्रमदान गर्नुस्!” → उनको सभामा पुगेकाहरू भन्छन्: “सभामा गएर फर्किंदा हातमा बेल्चा पर्यो, प्यान्ट हरायो।”
- बीरेन्द्र बस्नेत +डा. दिनेश प्रसाईं (गतिशील लोकतान्त्रिक पार्टी) “जहाज कम्पनीदेखि कृर्षिफर्म धेरै हेरियो, अब देश चलाउने” वाला अंकलहरु। साथमा बुद्ध एयर : – अब उड्ने सपना साकार हुँदैछ! → स्लोगन: “अब टिकट काट्नु पर्दैन, भोट हाल्नुस्, सित्तैमा उडाउँछौँ!”
- बाबुराम भट्टराई (प्रगतिशील लोकतान्त्रिक पार्टी – भाग ९) “मैले नयाँ शक्ति बनाएको, फेरि बनाएको, फेरि बनाएको…” यो मान्छेले वैकल्पिक पार्टी बनाउने स्पीड हेर्ने हो भने एलोन मस्क पनि लाज मान्छन्। → उनको नयाँ पार्टीको लोगो: रिसाइकल चिन्ह ♻️
- बालेन शाह (दलविहीन, तर सबैभन्दा ठूलो दल) पार्टी छैन, तर फलोअर्स छन् ५० लाख। जसले जित्न चाहन्छ, उसले बालेनको स्टोरीमा “🔥” हाल्नुपर्छ भन्ने नियम बन्दैछ। → अफवाह: बालेनले “मलाई भोट हाल्नुस्” भन्दैनन्, उल्टै “मलाई डिस्टर्ब नगर्नुस्” भन्छन् र पनि जित्छन्।
बोनस क्यारेक्टरहरू
- रविन्द्र मिश्र: “म वैकल्पिक थिएँ, अब राजावादी भएँ, अब फेरि वैकल्पिक बन्छु कि?”
- केपी ओली: “यी सब नक्कल गर्नेहरू हुन्, ओरिजिनल त म नै हुँ!”
- प्रचण्ड: “मैले त १० पटक वैकल्पिक बनिसकेँ, रेकर्ड कसैसँग छैन!”
अहिलेसम्मको सबैभन्दा ठूलो जोक:
वैकल्पिक भन्नेहरू यति धेरै भए कि अब “पुरानो पार्टी” बन्नु नै सबैभन्दा ठूलो वैकल्पिक हुन थाल्यो। कांग्रेसले त भन्न थालिसक्यो – “हामी त अब दुर्लभ प्रजाति हौं, संरक्षण गर्नुस्!”
अन्तिम ट्विस्ट:
जनता हरेक चुनावमा भन्छन् – “यो पटक त साँच्चै वैकल्पिकलाई भोट हाल्छु!” अनि ५ वर्षपछि फेरि भन्छन् – “लौ फेरि ठगियौं!”
यो सिजनको ट्यागलाइन: “वैकल्पिक होइन, अल्टरनेटिभली ठगिन तयार हुनुस्!”
तपाईंको रिमोट कसको च्यानलमा अड्किएको छ? कि फेरि “च्यानल चेन्ज” गरेर Netflix खोल्ने सोचमा हुनुहुन्छ? 😏
अबको छ महिना यही चल्नेवाला छ । सिक्वेल पनि बन्न बेर छैन ! गेम अफ थ्रोन्स जस्तै – सिंहासन सबैलाई चाहिएको छ, तर टिक्ने कोही छैन।
प्रतिक्रिया