एमाले प्रतिनिधि छनोट : भागबन्डा, प्यानल र शक्ति–संघर्षको पूरा चित्र(बुँदागतरुपमा)

देशभर ४०–५०% मात्र मतदान , कार्यकर्तामा उत्साह स्वात्तै घट्दो

काठमाडौँ : नेकपा एमालेको आसन्न एघारौँ राष्ट्रिय महाधिवेशनका लागि देशभरका अधिकांश जिल्लाबाट प्रतिनिधि छनोट प्रक्रिया लगभग टुंगिएको छ। केन्द्रीय कमिटीले तोकेको ‘सकेसम्म सर्वसम्मति, नभए स्वस्थ प्रतिस्पर्धा’ को नीति सतहमा देखिए पनि व्यवहारमा भने अध्यक्ष केपी शर्मा ओली पक्ष र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षबीचको कडा प्यानलगत संघर्ष र भागबन्डा नै प्रमुख प्रवृत्ति बनेको छ।

कोशी प्रदेश : मिश्रित नतिजा, ओखलढुङ्गा र सुनसरीमा इतरको बलियो उपस्थिति

कोशीका १४ मध्ये १२ जिल्लाको नतिजा सार्वजनिक भएको छ।

  • ओखलढुङ्गा : ईश्वर पोखरेल पक्षले क्लिन स्वीप (१२/१२), ओली पक्षले मतदान प्रतिशत कम भएको भन्दै नतिजा अस्वीकार
  • सुनसरी : इतर पक्षको ६०–४० को दाबी, प्रदेश सांसद रमेश बस्नेत र विजय राई पराजित
  • मोरङ : दाबीअनुसार २३–२३ देखि २७–१९ सम्म, मिश्रित
  • धनकुटा : ओली पक्षले क्लिन स्वीप (१३/१३), इतरले मतदान बहिष्कार गरेका थिए
  • झापा : ओली पक्ष हाबी (मतगणना अन्तिम चरणमा) सर्वसम्मत भएका भोजपुर, इलाम, ताप्लेजुङ, पाँचथर आदिमा भागबन्डा, तर ओली पक्षकै बर्चश्व।

मधेश प्रदेश : रघुवीर महासेठको ‘किङ्गमेकर’ छवि बलियो

  • धनुषा (७५ जना, सबैभन्दा बढी) : रघुवीर महासेठ पक्षको ४७ (६३%) को दाबी, क्षेत्र ३ र ४ मा पूर्ण कब्जा
  • बारा : ओली पक्ष १९, इतर पक्ष ६
  • सिरहा : लिलानाथ श्रेष्ठ पक्ष बलियो
  • महोत्तरी : मुख्यमन्त्री सरोजकुमार यादव पक्ष हाबी
  • सर्लाही : शक्ति सन्तुलनमा निर्विरोध, तर भ्रष्टाचार मुद्दामा दोषी रेवती पन्त निर्वाचित भएपछि विवाद रघुवीर महासेठ अहिलेसम्म कुनै पक्षमा खुलेका छैनन्, तर गृहजिल्लामा सबैभन्दा ठूलो प्यानल बनाएर ‘निर्णायक शक्ति’ बनेका छन्।

बागमती प्रदेश : ओली पक्षको वर्चस्व

बागमतीका १३ मध्ये १२ जिल्लाको नतिजा :

  • काठमाडौँ (१० क्षेत्र) : सबै क्षेत्रमा मतदान, ओली पक्षको पूर्ण कब्जा, क्षेत्र ४ मा बागमती मन्त्री जयराम थापा पराजित
  • ललितपुर : दुवै क्षेत्रमा मतदान, ओली पक्ष नै बलियो
  • काभ्रे : १२–१२ को भागबन्डा (गोकुल बाँस्कोटा ओली छोडेपछि)
  • सिन्धुपाल्चोक : केवल ४०.७७% मतदान, ओली पक्ष पूर्ण विजय
  • मकवानपुर : क्षेत्र १ मा निर्वाचन, जिल्ला अध्यक्ष श्रीधर पोखरेल पराजित
  • चितवन, भक्तपुर, धादिङ, रसुवा, नुवाकोट, दोलखा, रामेछाप : सर्वसम्मत इतर पक्षको दाबी थियो– “बागमतीमा ६०% हाम्रो”, तर वास्तविक नतिजा ओली पक्षकै पक्षमा ७०% भन्दा माथि देखिएको छ।

गण्डकी : पृथ्वीसुब्बा vs खगराजको पुरानै लडाइँ, ‘सहमति’ मा ठूलो विवाद

  • कास्की : १२२ जनाले मनोनयन दर्ता, तर “सहमति” का नाममा माथिबाट नाम घोषणा → सञ्जीव कोइराला, गणेशमान गुरुङ, विकास लम्साल, ओम गौतम, देवी सुवेदीलगायतले केन्द्रमा उजुरी
  • पर्वत : पूर्वमन्त्री विकास लम्साल “रोकिएको” भन्दै आक्रोश
  • लमजुङ, गोर्खा, तनहुँ, नवलपुर : निर्वाचन, दुवै समूहबीच कडा प्रतिस्पर्धा
  • बाँकी जिल्ला : भागबन्डामा निर्विरोध ईश्वर पोखरेल पक्ष खुलेर देखिएन, तर असन्तुष्टि चुलिएको छ।

लुम्बिनी : विष्णु पौडेल र शंकर पोखरेल एकै टीममा, ओली पक्ष पूर्ण वर्चस्व

  • रुपन्देही (३१ जना) : विष्णु पौडेल क्षेत्रमा विद्या भण्डारी पक्षका सुमन पुरी पराजित
  • दाङ : शंकर पोखरेल गृहजिल्ला, “सर्वसम्मत” तर ठूलो विवाद
  • अर्घाखाँची : प्रदेश सांसद रामजी घिमिरे ठूलो अन्तरले पराजित
  • गुल्मी, कपिलवस्तु, रुकुम पूर्व, प्यूठान : निर्विरोध मतदान प्रतिशत : ५०% भन्दा कम, तर ओली पक्षकै स्पष्ट बहुमत।

कर्णाली : यमलाल कँडेल र गुलाबजंग शाहको एक्लौटी

  • ६ जिल्लामा निर्विरोध, ४ जिल्लामा ढिलाइ
  • इतर पक्षका ठूला नेता नै नभएको दाबी
  • तर एक नेताको भनाइ : “२०% मत ईश्वर पोखरेलतिर जान सक्छ, यहाँ जे भनेर चुनिए पनि महाधिवेशनमा मत बदलिन सक्छ”

सुदूरपश्चिम : मिश्रित, तर ओली पक्ष नै अगाडि

  • कैलाली–५ : ओली पक्ष ५, इतर ०
  • कैलाली–४ : इतर पक्ष कै बर्चश्व
  • कैलाली–२ : कमला वली र झपट रावलले ३/३ मा भागबन्डा
  • बैतडी, दार्चुला, डडेल्धुरा, बझाङ : निर्विरोध, भागबन्डा
  • डोटी र बझाङमा दुवै पक्षले अलग–अलग सूची सार्वजनिक गरेर विवाद

समग्रमा

  • अधिकांश जिल्लामा ओली पक्षको स्पष्ट वर्चस्व (७०–७५% अनुमान)
  • ईश्वर पोखरेल पक्षले ओखलढुङ्गा, सुनसरी, कैलाली–४ जस्ता केही ठाउँमा मात्र बलियो उपस्थिति
  • रघुवीर महासेठ (धनुषा) र भीम आचार्य (कोशी) ले ‘तटस्थ’ बसेर पनि ठूलो प्यानल बनाएका छन्
  • सर्वसम्मत भनिएका धेरै ठाउँमा “माथिबाट नाम टास्ने” र “बलजफ्ती सहमति” को आरोप
  • मतदान प्रतिशत देशभर ४०–५०% मात्र, कार्यकर्तामा उत्साहको कमी स्पष्ट

अब सबैको नजर महाधिवेशनस्थल चितवनतर्फ छ : केपी ओली सर्वसम्मत अध्यक्ष बन्लान् वा ईश्वर पोखरेलले बलियो चुनौती दिन्छन् नतिजा र महाधिवेशको वन्द सत्र नै कुर्नु पर्ने देखिन्छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति