डिजेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो

काठमाडौं, १४ मंसिर । नेपाल आयल भोलिदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको नयाँ मूल्य कायम गरेको जनाएको छ ।
इन्डियन आयल कर्पोरेशनबाट आज प्राप्त पेट्रोलियम पदार्थको नयाँ मूल्यअनुसार डिजेलमा एक रुपैयाँ ४४ पैसा घटेर तथा हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ ६२ पैसाले बढेर आएको छ ।मंसिर १५ गतेदेखि मूल्य समायोजन गरी डिजेल र मट्टितेलको मूल्यमा एक रुपैयाँ घटाइएको छ भने हवाई इन्धनतर्फ ६ रुपैयाँ बढाइएको नेपाल आयल निगमले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति