प्रलोपा केन्द्रीय समितिमा बाबुरामका छोरी–ज्वाई र सहयोगीदेखि जनार्दन परिवारका ५ जना (सूचीसहित)

काठमाडौं १४ मंसिर । नातावाद र कृपावाद विरोधी जेनजी आन्दोलनको भावना बोक्ने भन्दै गठन गरिएको बाबुराम, जनार्दन र सन्तोष परियाको प्रगतिशील लोकतान्त्रिक पार्टीमा परिवारवादको राम्रो उपस्थिति देखिएको छ ।


एक सय एकाउन्न सदस्यीय केन्द्रीय समितिमा बाबुराम भट्टराईकी छोरी मानुषी यमि भट्टराई र ज्वाइं जेकेन्द्र श्रेष्ठ तथा भट्टराइका निजी सहयोगीको भूमिकामा रहेका रोशन पोखरेल पनि रहेका छन् । त्यसैगरी जनार्दन शर्माका ५ जना आफन्त प्रलोपाको केन्द्रीय समितिमा समेटिएका छन् । शर्माका अतिरिक्त उनका भाई अनिल शर्मा, बहिनी नारायणी शर्मा, बहिनी ज्वाईं ओमनाथ ढुंगाना(रातोपाटीका मालिक) र आफन्त राजकुमार शर्माले ठाउँ पाएका छन् ।
केन्द्रीय समितिको ५ सदस्यीय अध्यक्ष परिषदमा जेनजी अभियन्ता बाबुराम भट्टराईकै जिल्ला निवासी अधिवक्त ओजस्वी भट्टराई, नेसपाकी पूर्व अध्यक्ष दुर्गा सोव, माकेका सुदन किरांती र सुरेन्द्र प्रसाद जयसवाल, तथा रास्वपा परित्याग गरेका सन्तोष परियार रहेका छन् ।
जनार्दनसँगै माओवादी केन्द्रको एकता प्रक्रियाको नेकपामा सहभागी नभएका राम कार्की(सुरेन्द्र कार्की पार्थ समेत भनिने) पनि केन्द्रीय समितिमा रहेका छन् ।
प्रलोपाको केन्द्रीय समितिमा बुटवलको जेनजी अभियन्ता अमित खनाल र मोनिका निरौला समेत रहेका छन् । एक सय ५१ सदस्यीय केन्द्रीय कमिटिमा आधाभन्दा बढी पूर्व माओवादी पृष्ठभूमिका नेता कार्यकर्ता समेटिएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति