आज देशैभरबाट एमाले महाधिवेशन प्रतिनिधि छानिँदै

काठमाडौं, १३ मंसिर। नेकपा एमालेको आसन्न महाधिवेशनलाई लिएर आज देशभर प्रतिनिधि चयन गरिँदैछ । केही जिल्लामा भने प्रतिनिधि सर्वसम्मत छानिसकेका छन् ।
शुक्रबार साँझसम्म सर्वसहमतिका लागि अन्तिम प्रयास गर्ने र नभएमा आज निर्वाचन प्रक्रियामा गएर प्रतिनिधि छनौट गर्न निर्देशन जारी भइसकेको छ ।
महाधिवेशन प्रतिनिधिका लागि तोकिएको कोटाभन्दा बढी उम्मेदवार भएपछि धेरै ठाउँमा चुनावमै जानुपर्ने अवस्था आएको छ ।पार्टीको संगठन विभागले केहै दिनअघि ५ बुँदे निर्देशन जारी गर्दै कुनै पनि बहानामा प्रतिनिधि छनौटलाई आजबाट नसार्न भनिसकेको छ । सबै प्रतिनिधिको नामावली पठाउन सोमबारको डेडलाइन छ ।एमालेका संगठित सदस्य ६ लाख ६७ हजार ६३० बाट प्रतिनिधि चुनिदै छन् । झण्डै २२ सय प्रतिनिधि रहने महाधिवेशनका लागि यसपटक प्रत्येक संघीय निर्वाचन क्षेत्रबाट कम्तीमा एक जना युवा प्रतिनिधिको कोटा सुरक्षित गरिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति