गृहमन्त्रीसँग वार्ता गर्न दुर्गा प्रसाईं सिंहदरबारमा

काठमाडौं, १२ मंसिर। राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं सिंहदरबार पुगेका छन् ।गृहमन्त्री ओमप्रकाश अर्यालसँग वार्ता गर्न प्रसाईं सिंहदरबारस्थित गृहमन्त्रालय पुगेका हुन् । उनको समूहले यसअघि सरकारसँग दुई चरणमा वार्ता गरिसकेको छ ।प्रसाईं नेतृत्वको अभियानले विभिन्न २७ बुँदे माग राखी ७ मंसिरबाट अनिश्चितकालीन आन्दोलन घोषणा गरेको थियो । ६ मंसिरमा सरकारले अभियानसँग वार्ता गरेको थियो । सो वार्तापछि अभियानले १५ दिनका लागि आन्दोलन स्थगित गरेको थियो ।१५ दिनभित्र सरकारले माग सम्बोधन गर्ने बताएपछि आफूहरूले आन्दोलन स्थगित गरेको आन्दोलनका नेताहरूको भनाइ थियो । अभियानले त्यसबेला सरकारसँग वार्ता गर्दा संयोजक प्रसाईं भने थुनामा थिए ।सार्वजनिक शान्तिमा खलल पुर्‍याएको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । पछि, अदालतको आदेशमा उनी धरौटीमा रिहा भए ।त्यसपछि सरकारसँगको वार्ताका लागि प्रसाईं आफ्नो अभियानको नेतृत्व गदैृ सिंहदरबार पुगेका हुन् । सरकार र प्रसाईंबीच वार्ताका लागि अधिवक्ताद्वय विनोदमणि भट्टराई र लबन न्यौपानेले सहजीकरण गरिरहेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति