ब्याटिङमा चितवनले लय गुमाउँदा काठमाडौंको सहज जित

काठमाडौं, १२ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको पहिलो खेलमा चितवन राइनोजले ब्याटिङमा लय गुमाउँदा काठमाडौं गोर्खाजले ५३ रनको सहज जित निकालेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर १४३ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको चितवन १७ ओभर १ बलमामा सबै विकेट गुमाउँदै ८९ रनमा समेटिएको हो । जारी सिजनमा चितवनको यो दोस्रो हार हो । यस टिमले अघिल्ला ३ खेलमा विराटनगरका बोल्टस् र कर्णाली याक्सलाई हाराएको थियो भने लुम्बिनी लायन्ससँग आफू हारेको थियो । काठमाडौंको यो तेस्रो जित हो । यो टिमले अघिल्ला ४ खेलमा लुम्बिनी लायन्स र जनकपुरसँग जितेको थियो । विराटनगर बोल्ट्स र सुदूरपश्चिम रोयल्ससँग हारेको थियो ।चितवनले शुक्रबारको खेलमा ब्याटिङमा लय गुमाउँदा काठमाडौंले जित आफ्नो पक्षमा पारेको हो ।चितवनको ब्याटिङ सुरुवातदेखि नै धर्मराएको थियो । ओपनर दीपक बोहोरा पहिलो ओभरको पाँचौ बलमा रनको खाता नखोली आउट भए । दोस्रो विकेटका रुपमा ओपनर डबिड मलान ३ ओभरको पाँचौ बलमा आउट भए ।
तेस्रो विकेट ५ ओभरको दोस्रो बलमा झर्‍यो । तेस्रो विकेटका रुपमा सैफ जैब आउट भए । चौथो विकेटका रुपमा ब्याटर देव खनाल आउट भए । उनले १८ बलमा २१ रन जोडे ।देव र बोपाराले सर्वाधिक २१–२१ रन जोडे । सोहिल तानवीरले १८ रन जोडे बाँकीले दोहोरो रन बनाउन सकेनन् ।
अघिल्ला शतप्रतिशत ३ खेलमा अर्धशतक प्रहार गर्ने बोपाराको ब्याटिङ पनि आजको खेलमा चेलन ।सुरुवातदेखि नै धर्मराएको चितवनको ब्याटिङ कुनै खेलाडीले उकास्न सकेनन् ।काठमाडौंका रसिद खानले चितवनको ३ विकेट लिए । उनले रवि बोपाराको महत्त्वपूर्ण विकेटसमेत लिए ।करण केसीले दीपक बोहोरा र सोहिल तानवीरको विकेट थिए ।मलिन्द कुमारले ओपनर डविड मलान र ब्याटर सैफ जैबको महत्त्वपूर्ण विकेट लिए । सैब आलमले देव खनाल र कुशल मल्लको महत्त्वपूर्ण विकेट लिए ।सन्तोष यादवले एक विकेट लिए ।यसका हारको प्रमुख कारण चितवनको फितलो ब्याटिङ नै हो । बलिङमा सन्तोषजनक नै हो।चार ओभरको दोस्रो बलमा चितवनले काठमाडौंलाई ३ विकेटको क्षतिमा २४ रनको दबाबपूर्णस्थितिमा पुर्याएको थियो ।चौथो विकेटका लागि मिलिन्द कुमार र जोन सिम्पसनले ९८ रनको बलियो साझेदारी गरेपछि काठमाडौंको ब्याटिङ उकासिएको थियो । जोनले अर्धशतक पूरा गर्दै ६० र मिलिन्दले ३८ रन जोडे । यस जितमा ब्याटिङतर्फ यी दुईको प्रस्तुती निर्णायक बन्यो ।काठमाडौंको चौथो विकेटका लागि चितवनले ११ ओभर लामो संघर्ष गरेको थियो । त्यसपछि र अघि भने लगालग विकेट लिएको थियो । काठमाडौंका ओपनर बेन चार्ल्सवर्थले १३ रन जोडेका थिए । चितवनका बलरले काठमाडौंका अन्य खेलाडीलाई भने दोहोरन बनाउन दिएनन् । १९ ओभरको ४ बलमा सबै विकेट गुमेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति