काठमाडौं १२ मंसिर । पटक पटक उपप्रधान तथा गृहमन्त्री बनेका नेकपाका बरिष्ठ नेता बामदेव गौतमले आफूले कुनै खालको भ्रष्टाचार गरेको भए झुन्ड्याउन चुनौति दिएका छन् । एबीसी टेलिभिलनको कार्यक्रम आउटलुकमा प्रधानसम्पादक शुभशंकर कँडेलसँग विस्तृत कुरा गर्दै नेता गौतमले अब आफू चुनावमा नउठ्ने घोषणा गरेका छन् ।
हालै विभिन्न बाम समूहका बीचमा एकता भएर बनेको नेकपाका बरिष्ठ नेता बामदेव गौतमले २०७४ को चुनावमा ओली र प्रचण्ड दुवैले आफूलाई चुनाव हराएको दाबीले फेरि दोहराएका छन् । त्यो घटनाले उनलाई नराम्रोगरी अहिले पनि पिरोलिरहेको छ ।
समाजवाद स्थापना हुनुपर्ने भन्ने रट लगाइरहने गौतमले अन्तर्वार्ताका क्रममा पनि त्यो धारणा पटक पटक दोहराएका छन् । वार्ताका क्रममा आफ्नो जीवनको आरोह–अवरोह, ओली र प्रचण्डसँगका तीता मीठा कुरा र नेकपाका कालमा नारायणकाजी श्रेष्ठलेले ५ जनाको कसरी गुटन निर्माण गराउन सफल भए भन्ने समेत विस्तृतमा बताएका छन् ।
प्रतिक्रिया