प्रधानमन्त्रीले डोकोभरि कुलपतिको भारी बोकेर यो केगरेको ?: प्रधानमन्त्री कार्की

काठमाडौँ १० मंसिर । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति सुशीला कार्कीले विश्वविद्यालयपिच्छे प्रधानमन्त्री कुलपति रहन सम्भव नरहेको बताएकी छिन् । बुधबार त्रिवि सभा बैठकलाई सम्बोधन गर्दै उनले विश्वविद्यालयको कुलपतिबाट प्रधानमन्त्रीलाई हटाउनुपर्ने बताएकी हुन् ।

त्यसका लागि शिक्षा विज्ञान तथा प्रविधि न्त्री महावीर पुनले काम गरिरहेको उनको भनाइ थियो । ‘१७ वटा विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुँदा रहेछन् । विश्वविद्यालयपिच्छे प्रधानमन्त्री कुलपति हुन साध्य पनि छैन । राजनीतिक व्यक्तिलाई कुलपति बनाउनु ठीक पनि होइन,’ उनले भनिन् । विश्वविद्यालय सभाले नै कुलपति छनोट गर्नुपर्ने प्रधानमन्त्री कार्कीले बताइन् । ‘प्रधानमन्त्री डोकोभरी कुलपतिको भारीरजिम्मेवारी बोकेर हिँडेर हुँदैन । भर्खर रोपेका बेला बिरुवालाई पानी हाल्ने हो । हुर्केपछि आफैं बढ्छ,’ उनले भनिन् ।

अहिलेसम्म प्रधानमन्त्री कुलपति भए पनि अब आवश्यक नरहेको प्रधानमन्त्री कार्कीको तर्क थियो । ‘सरकारले विश्वविद्यालयलाई हेर्नुपर्छ । तर नीति, नियम कानुन बनाउन हस्तक्षेप गर्नु हुँदैन,’ उनले भनिन्, ‘राजनीतिक व्यक्तिकै कारण असारमा पास हुनुपर्ने नीति तथा कार्यक्रम अहिलेसम्म पारित नभएको रहेछ ।’

त्रिवि सभाले आर्थिक वर्ष २०८२र०८३ को नीति तथा कार्यक्रम पारित गरेको थियो । प्रधानमन्त्री कार्कीले विश्वविद्यालयले स्वआर्जन गर्नेतर्फ पनि सोच्नु पर्ने सुझाव दिइन् । ‘सधैँ सरकारको मात्र आश गरेर हुँदैन । शैक्षिक कार्यक्रमहरू त्यसैअनुसार बनाएर पनि विश्वविद्यालयले आर्जन गर्न सक्छ । शिक्षक, विद्यार्थी मिलेर विश्वविद्यालयमा नै कमाइ गर्न सक्छन्,’ उनले भनिन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति