एमालेले पनि चुनावका लागि दल दर्ता गरायो

काठमाडौं ९ मंसिर । आगामी निर्वाचनका लागि दल दर्ताको समय १ दिन बांकी रहँदै अपदस्थ प्रधानमन्त्री केपी शर्मा ओलीको दल नेकपा एमालेले आज निर्वाचन आयोगमा दल दर्ता गराएको छ । संसद् पुनः स्थापनाको माग गरिरहेको नेकपा एमाले दल दर्ता गराएपछि । निर्वाचनका लागि दर्ता हुने दलको संख्या ६५ पुगेको आयोगले जनाएको छ ।

आयोगले यही मङ्सिर १० गतेसम्म प्रतिनिधिसभा निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई दर्ताका लागि समयसीमा निर्धारण गरेको छ। आयोगमा कूल १३५ राजनीतिक दल दर्ता भएका छन्।

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि आगामी निर्वाचनमा एमाले सहभागी हुने बताएका थिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति