दोस्रो ट्रम्प प्रशासनले आफ्नो शक्तिमाथिका संवैधानिक सीमाहरू तोड्दै र विधिको शासनलाई उल्ट्याउँदै छ। त्यसोभए, जनताको प्रतिक्रिया यति सुस्त किन छ ?
विश्वको सबैभन्दा पुरानो संवैधानिक लोकतन्त्रको रूपमा अमेरिकाको गर्विलो इतिहासलाई हेर्दा, हामीले यसको प्रतिक्रियामा ठूलो परिचालनको अपेक्षा गर्न सक्थ्यौं। र यद्यपि केही प्रतिरोध भएको छ — विशेष गरी, ‘नो किंग्स’ आन्दोलनले अक्टोबरमा करिब ५० लाख मानिसहरूलाई सडकमा उतार्यो — तर खतराको गम्भीरतालाई हेर्दा विरोधको आकार अपेक्षा गरेजस्तो ठूलो छैन। राष्ट्रपति ट्रम्पको पहिलो कार्यकालमा, स्थिति धेरै कम भयानक हुँदा पनि लाखौं मानिसहरूले विरोध प्रदर्शन गरेका थिए।
सबैभन्दा उल्लेखनीय र आश्चर्यजनक कारकहरू मध्ये एक युवाहरूको अनुपस्थिति हो। यदि तपाईंले ‘नो किंग्स’ प्रदर्शनमा भाग लिनुभएको छ वा प्रत्यक्ष देख्नुभएको छ भने, तपाईंले पक्कै पनि सहभागीहरूको उमेरमा वृद्धवृद्धाहरूको बाहुल्यता देख्नुभएको होला। ‘युगभ’ का अनुसार, अक्टोबरको प्रदर्शनमा १८ देखि २९ वर्ष उमेर समूहका अमेरिकीहरूमध्ये केवल ८ प्रतिशतले मात्र भाग लिएको बताएका छन्, जबकि ६५ वर्ष र सोभन्दा माथिका १३ प्रतिशत सहभागी थिए। विद्यार्थीहरू अनुपस्थित हुनु सबैभन्दा खट्केको विषय हो । राइस युनिभर्सिटीको विद्यार्थी पत्रिकाले ह्युस्टनको प्रदर्शनमा १३ हजार भन्दा बढीको भीडमा केवल ‘करिब ३०’ जना विद्यार्थी मात्र रहेको गणना गर्यो, र ‘ट्युलेन’ को पत्रिकाले न्यु अर्लिन्समा १० हजार भन्दा बढीको प्रदर्शनमा ‘केही’ विद्यार्थी मात्र देखेको उल्लेख गर्यो।
यी तथ्याङ्कहरू जुन २०२० मा जर्ज फ्लोयड प्रदर्शनको उचाईको तुलनामा ठीक उल्टो छन्, जब प्यु रिसर्च सेन्टरले १८ देखि २९ वर्षका १३ प्रतिशतले अघिल्लो महिना कुनै कार्यक्रममा भाग लिएको पाएको थियो। त्यस समयमा, प्रदर्शन गर्नेहरूमध्ये १० जनामा ४ जना ३० वर्ष मुनिका थिए। फ्लोयड प्रदर्शनहरू कुनै अपवाद थिएनन्। किशोर र युवाहरूले अमेरिकामा नागरिक अधिकार र १९६० र ७० को दशकमा भियतनाम युद्ध अन्त्यको माग गर्ने जस्ता विरोध आन्दोलनहरूको नेतृत्व गर्न मद्दत गरेका थिए। हालसालै, ७ अक्टोबर २०२३ को आक्रमणपछि इजरायलको गाजा युद्ध विरुद्धको प्रदर्शनमा पनि उनीहरू नै मुख्य थिए। अन्तर्राष्ट्रिय रूपमा, युवाहरूले अरब स्प्रिङ ९ब्चबद क्उचष्लन० र हङकङमा चीनको कब्जा विरुद्धको प्रतिरोधमा मुख्य भूमिका खेलेका थिए।
ट्रम्पको निरंकुशता विरुद्धको प्रदर्शनमा युवाहरूको अनुपस्थितिले ठूलो अर्थ राख्छ, र यो केवल भीडको गणनाको लागि मात्र होइन। ुनो किंग्सु प्रदर्शनकारीहरू उस्तै देखिन्छन्, र धेरै अवस्थामा तिनै मानिसहरू हुन् जसले ट्रम्पको पहिलो कार्यकालमा विरोध गरेका थिए। तर प्लेकार्ड बोकेका वृद्ध मानिसहरू ‘ध्यानाकर्षण अर्थतन्त्र’ (attention economy) मा पुरानो खबर भइसके। नतिजा स्वरूप, ुनो किंग्सु प्रदर्शनहरूले हाम्रो राजनीतिमा बाराक ओबामा राष्ट्रपति हुँदाको पहिलो महिनामा भएको सानो ‘टी पार्टी’ प्रदर्शनको तुलनामा कम प्रभाव पारेको छ, जसले २०१० को मध्यावधि चुनाव अघि नै प्रतिक्रिया देखाउन मद्दत गरेको थियो।
युवा प्रदर्शनकारीहरूको यो अनुपस्थितिको लागि सबैभन्दा स्पष्ट सम्भावित व्याख्याहरू सही ठहरिँदैनन्। पहिलो, युवाहरूले ट्रम्पलाई मन पराउँछन् भन्ने कुनै प्रमाण छैन। यद्यपि उनीहरूले २०२४ मा उनको अघिल्लो अभियानको तुलनामा उच्च दरमा समर्थन गरे पनि, उनको कार्यकालमा उनको कार्यसम्पादनको स्वीकृति दर ह्वात्तै घटेको छ — जुन न्यु जर्सी र भर्जिनियामा हालैका चुनावहरूमा उनको पार्टीले खराब प्रदर्शन गर्नुको एउटा कारण हो। अहिलेको अवस्थामा, ३० वर्ष मुनिका १० मध्ये ७ जनाले ट्रम्पले आफ्नो काम कसरी गरिरहेका छन् भन्ने कुरालाई अस्वीकार गर्छन्, जुन कुनै पनि समूहको सबैभन्दा यो उच्च दर हो।
वृद्ध मानिसहरूलाई लाग्न सक्ने अर्को व्याख्या भनेको अनलाइन संस्कृति तर्फको ध्यानको परिवर्तन हो, तर इन्स्टाग्राम र अन्य प्लेटफर्महरूको अस्तित्वले २०१८ मा बन्दुक हिंसा विरुद्धको ुमार्च फर आवर लाइभ्सु प्रदर्शनमा १० लाखभन्दा बढी विद्यार्थीहरूलाई स्कुल छोडेर सडकमा आउनबाट रोकेन। सामाजशास्त्रका प्रमाणहरूले सुझाव दिए अनुसार मोबाइल फोन र सामाजिक सञ्जालले सूचना फैलाएर, समन्वयमा मद्दत गरेर र साथीभाइको सहभागिताबारे जानकारी दिएर वास्तवमा विरोध प्रदर्शनलाई सहज बनाउन सक्छन्।
अर्को सम्भावना यो छ कि युवाहरू अन्य मुद्दाहरूमा केन्द्रित छन्, जस्तै जीवनयापनको लागतः लोकतन्त्रको अवस्थाबारेको बहस उनीहरूको जीवनका लागि धेरै अमूर्त वा अप्रासंगिक लाग्न सक्छ। तर यो धेरै सरल तर्क जस्तो देखिन्छ। प्युका अनुसार १८ देखि २९ वर्ष उमेर समूहका करिब चार जनामध्ये एक अमेरिकीले वर्तमान प्रशासनद्वारा आफूले चिनेको कसैलाई देशनिकाला गरिने चिन्ता व्यक्त गर्छन्, जुन हालैका प्रदर्शनहरूमा हावी भएका वृद्ध अमेरिकीहरूको तुलनामा धेरै उच्च हिस्सा हो। युवाहरू वृद्ध मानिसहरूको तुलनामा नागरिकता प्रमाणित गर्न सोधिने चिन्ता व्यक्त गर्न पनि बढी सम्भावित छन्। र ट्रम्प प्रशासनले विश्वविद्यालयहरू विरुद्धका आफ्ना कार्यहरूमार्फत सीधै युवाहरूलाई निशाना बनाइरहेको छ।
यसको सट्टा पुरानो पुस्ताले यो स्वीकार गर्नुपर्छ कि हामीले सिर्जना गरेको संसारले परिवर्तन ल्याउनको लागि कुनै व्यावहारिक बाटो देखाएको छैन।
अन्त्यमा, यो सत्य हो कि गिरफ्तारी, दुर्व्यवहार वा अझ खराब कुराको डरले केही मानिसहरूलाई ट्रम्प विरोधी प्रदर्शनबाट टाढा राखेको हुन सक्छ। तर यस्तै जोखिमहरूले फ्लोयडको हत्यापछि वा गाजा युद्ध विरुद्ध ठूलो सङ्ख्यामा प्रदर्शन गर्न युवाहरूलाई रोकेन। न त हङकङमा, अरब स्प्रिङका बेला वा अमेरिकामा नागरिक अधिकार र भियतनाम युद्धका प्रदर्शनका बेला जोखिमले रोकेको थियो।
ट्रम्प–विरोधी, लोकतन्त्र(समर्थक आन्दोलनमा युवाहरूको सापेक्षिक कमीको लागि अधिक चित्तबुझ्दो व्याख्या यो हो कि उनीहरू असंगठित र निराश (demoralized) छन्। तर यस रवैयाको लागि उनीहरूलाई दोष दिनु गल्ती हुनेछ। यसको सट्टा पुरानो पुस्ताले यो स्वीकार गर्नुपर्छ कि हामीले सिर्जना गरेको संसारले परिवर्तन ल्याउनको लागि कुनै व्यावहारिक बाटो देखाएको छैन।
विगत केही वर्षका अनुभवहरूलाई विचार गर्नुहोस्। २०२० मा शिखरमा पुगेको जातीय न्याय आन्दोलन निराशा र प्रतिक्रियामा टुङ्गियो। गाजा प्रदर्शनहरूले आयोजकहरूका लागि स्पष्ट राजनीतिक वा नीतिगत विजयहरू नदिई तीव्र द्वन्द्व निम्त्यायो। सायद सबैभन्दा महत्त्वपूर्ण कुरा, ट्रम्प स्वयं ह्वाइट हाउसमा फर्किएका छन्, जसले युवाहरू माझ विरोध र सक्रियताको व्यर्थतालाई संकेत गर्दछ, जसले उनलाई सधैं हाम्रो राजनीतिको केन्द्रीय व्यक्तिको रूपमा मात्र चिनेका छन्। उनले पहिलो पटक शपथ लिँदा आजका कलेजका प्रथम वर्षका विद्यार्थीहरू प्राथमिक विद्यालयमा थिए।
युवाहरूलाई प्रदान गरिने चुनावी विकल्पहरू पनि खासै राम्रा छैनन्। हाम्रो निष्क्रिय दुई–दलीय प्रणालीको वास्तविकतालाई हेर्दा, ट्रम्प–हावी रिपब्लिकन पार्टीको एक मात्र विकल्प डेमोक्रेटिक पार्टी हो, जसमा एउटा ‘पतनोन्मुख वृद्धतन्त्र’ (decadent gerontocracy)हावी छ, जसका सम्भ्रान्तहरू सोही दिन ‘नो किंग्स’ प्रदर्शनमा जानुभन्दा ‘ह्याम्पटन’ को कुनै विवाहमा उपस्थित हुने सम्भावना बढी हुन्छ।
युवाहरूले निस्सन्देह धेरै व्यक्ति र संस्थाहरूको कायरता पनि याद गरेका छन्, जसको लोकतन्त्रमाथिको ट्रम्पको आक्रमणबाट सबैभन्दा बढी दाउमा लागेको छ। केही प्रमुख विश्वविद्यालय र ल फर्म हरूले ट्रम्प प्रशासनसँग एकपक्षीय सम्झौता गरेका छन्ः धेरै मिडिया संगठन र प्राविधिक कम्पनीहरूले पनि शंकास्पद सम्झौताहरू गरेका छन् जसमा राष्ट्रपतिलाई कुनै न कुनै रूपमा भुक्तान गर्नु समावेश छ। हालसालै, धेरै कम्पनीहरूलाई ट्रम्पले ह्वाइट हाउसको पूर्वी भाग भत्काएर बनाउँदै गरेको नयाँ बलरूमको लागि चन्दा दिन आग्रह गरेका छन्। उनले ती ल फर्म र दाताहरूलाई कति सजिलै तर्साए भन्नेमा अचम्म मानेको बताइएको छ। संसद समेत शान्त छ, जसमा पूर्व ट्रम्प रणनीतिकार स्टिभ ब्याननले यसलाई रुसी रबर–स्ट्याम्प संसद ‘डुमा’ सँग तुलना गरेका छन्।
परम्परागत विरोध प्रदर्शनबाट युवाहरूको अनुपस्थिति एउटा समस्या र चेतावनी दुवै हो। ट्रम्पको निरंकुश दौडको विरोध गर्न नयाँ रणनीतिहरूको आवश्यकता छ जसले जनसंख्याको फराकिलो हिस्सालाई समेट्न सकोस्। उदाहरणका लागि, शिकागोमा, छिमेकीहरूले अध्यागमन छापाको प्रतिकार गर्न टेक्स्ट म्यासेजदेखि सिठ्ठीसम्मका उपकरणहरू प्रयोग गर्ने सामुदायिक समूहहरू गठन गरेका छन्। विरोधले जुनसुकै रूप लिए पनि, यसले परम्परागत विरोधले हाल गर्न नसकेको कुरा प्रदान गर्नुपर्छः प्रतिरोधको एक नैतिक रूपमा बाध्यकारी स्वरूप जसले नतिजा दिन सक्छ।
द न्युयोर्क टाइम्सबाट
(ब्रेन्डन न्यहान – डार्टमाउथ कलेजमा राजनीतिशास्त्री र अमेरिकी लोकतन्त्रको स्थिति अनुगमन गर्ने ‘ब्राइट लाइन वाच’का सहनिर्देशक हुन्)
प्रतिक्रिया