काठमाडौं ८ मंसिर । नेपाल सरकारको मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त भएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो ।
५८ वर्षे उमेरहदका कारण मुख्यसचिव एकनारायण अर्याल यही ९ मंसिर ९भोलि० बाट अनिवार्य अवकाशमा जाँदैछन् । त्यसअघि आज बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई नियुक्त गरेका हुन् ।
एकनारायण १३ भदौ २०८१ मा मुख्यसचिव नियुक्त भएका थिए ।
०७७ माघ १९ मा सचिवमा बढुवा भएका उनी काठमाडौं जोरपाटीका हुन्। अर्याल तथ्याङ्क विज्ञ हुन्। उनी असोज पहिलो हप्ता राष्ट्रिय योजना आयोगबाट रक्षा मन्त्रालयमा सरुवा भएका थिए।
मुख्यसचिव एकनारायण अर्यालले ५८ वर्षे उमेर हदका कारण मंसिर १० गते अवकाश पाउन लागेकाले सरकारले रक्षा सचिव अर्याललाई बढुवा गरेको हो। अर्यालले अबको सात महिना निजामती कर्मचारीको नेतृत्व गर्नेछन्।
२०७७ माघमा सचिवमा बढुवा भएपछि अर्यालले कोशी प्रदेशको प्रमुख सचिव, महालेखा नियन्त्रक कार्यालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा काम गरेका थिए।
२०२५ असार २६ गते जन्मिएका अर्यालले उमेर हदका कारण २०८३ असार २५ अवकाश पाउनेछन्।
अर्यालसँग खानेपानी सचिव प्रमिलादेवी बज्राचार्य शाक्य, राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी मधुसूदन बुर्लाकोटी र श्रम सचिव कृष्णहरि पुष्कर कर्ण प्रतिस्पर्धामा थिए।
अर्यालको बढुवासँगै शाक्य, बुर्लाकोटी र कर्णको मुख्यसचिव बन्ने ढोका बन्द भएको छ। अर्यालले अवकाश पाउनुअघि उनीहरु तिनैजनाको सचिवका रुपमा पाँच वर्षे कार्यकाल सकिनेछ। शाक्य २०७८ असार १७ गते, बुर्लाकोटी २०७८ असार २२ र कर्ण २०७८ असार २४ मा सचिवमा बढुवा भएका थिए।
प्रतिक्रिया