काठमाडौं, ८ मंसिर। सिंहदरबारमा जेनजी(जेनजी समूहबीच नै भनाभन भएको छ । प्रधानमन्त्रीलाई भेट्न सोमबार (मंसिर ८) सिंहदरबार पुगेका जेनजी समूहबीच आपसमै भनाभन भएको हो । कर्णाली जेनजी संयोजक सुप्रिया राज्यलक्ष्मी शाही र द काउन्सिल अफ जेनजी (सुधन गुरुङ) समूहबीच भनाभना भएको छ ।
शाहीले सरकारलाई हातमा लिन खोज्ने सुधन, रक्षा बम र ओजस्वीराज थापा को हुन् ? भन्दै प्रश्न गरेकी छन् । शाही समूहले सुधन, रक्षालगायतका जेनजी घाइते, मृतकका परिवारलाई छोडेर सरकारमा लिप्त भएको बताएकी छन् । उक्त समूहले आफूहरूलाई विभिन्न समूहले आक्रमण गर्न खोजेको भन्दै प्रधानमन्त्रीलाई भेट्न समय माग गरेको छ ।
सरकारलाई हातमा लिन खोज्ने को हो ? भनेपछि सिंहदरबारमा जेनजी समूहबीच नै भनाभन
प्रतिक्रिया