‘परिवारवाद’का विरुद्धको जेनजी आन्दोलनको सरकार ‘नेपोटिज्म’कै बाटोमा

काठमाडौं ८ मंसिर ।प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले (नेपाल सरकारको सचिव सरहको सुविधा) पत्नी संगीता श्रेष्ठलाई सहसचिव सरहको स्वकीय सहसचिव बनाएका छन् ।
उनले आफन्त पर्ने कमला श्रेष्ठलाई पनि स्वकीय सहसचिवमा नियुक्त भएका छन् । संगीता र कमला दुवै एकै दिन अर्थात् असोज २ गते नियुक्त भएका हुन् ।

सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त भएको एक साताभित्रै उनीहरूको नियुक्ति भएको हो । नासु सरहको प्रशासन सहायकमा पुनम श्रेष्ठ र रविना श्रेष्ठ पनि त्यही दिन नियुक्त गरिएको स्रोतले बतायो ।

कार्कीका स्वकीय सचिव आदर्श श्रेष्ठ सर्वोच्च अदालतको सूचना प्रविधि महाशाखामा करारमा कार्यरत कर्मचारी थिए । उनी सुशीला कार्की प्रधानन्यायाधीश हुँदा पनि सर्वोच्च अदालतमा कार्यरत थिए ।

प्रधानमन्त्रीको सचिवालय संवेदनशील ठाँउ भएकाले प्रधानमन्त्रीको विश्वास र गोप्यताका लागि नजिकको मानिस नियुक्त गरेको र त्यसक्रममा आफ्नो पत्नी चयन भएको भन्न समेत उनीहरुले अप्ठेरो मानेका छैनन् ।

प्रधानमन्त्रीको सचिवालयमा अहिले २६ जना कर्मचारी आफूखुशी नियुक्त गरिएकोमा अधिकांशका परिवारवाद र भाइभतिजाबादको सिद्धान्त लागू भएको छ ।
भाइभतिजावाद अर्थात् नेपोटिजम विरुद्धको जेनजी आन्दोलनबाट बनेको कार्की सरकार नै नेपोटिजमकै सिद्धान्तबाट अघि बढ्दैछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति