सर्वोच्च अदालत तोडफोड र आगजनी गर्ने पक्राउ

काठमाडौं, ७ मंसिर ।सर्वोच्च अदालत तोडफोड र आगजनी गरेको आरोपमा दुई पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका–१ का २८ वर्षीय ज्योति थापा घताने र ललितपुरको महालक्ष्मीस्थान नगरपालिका–५ का ३० वर्षीय ब्राउन भन्ने सुशील श्रेष्ठ छन् । पक्राउ परेका उनीहरुविरुद्ध आपराधिक अपराधको कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।उनीहरुले जेनजी आन्दोलनको क्रममा अदालत तोडफोड तथा आगजनी गरेको प्रहरीले बताएको छ । सार्वजनिक भिडियो, फोटोको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति