बाबुरामको प्रगतिशील लोकतान्त्रिक पार्टीको अध्यक्ष जेनजी अभियानी ओजस्वी भट्टराई

काठमाडौं ७ मंसिर,। जनेनजी आन्दोलनकी एक जना सक्रिय कार्यकर्ता ओजस्वी भट्टराईको अध्यक्षतामा प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरिएको छ ।

आइतवार काठमाडौंमा एक कार्यक्रमबीच डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका सन्तोष परियारबीचको एकतापछि यो नयाँ पार्टी घोषणा गरिएको हो ।

कार्यक्रममा सो पार्टीको नाम पूर्वप्रधानमन्त्री डा. भट्टराईले औपचारिक रुपमा घोषणा गरे । उनी अभिभावकीय भूमिकामा रहने बताइएको छ । यो पार्टीको ५ सदस्यीय अध्यक्ष परिषद बनाइएको छ । त्यसमा ओजस्वीका अतिरिक्त सुदन किरांती, सन्तोष परियार र दुर्गा सोव रहेका छन् ।

पार्टीमा १५१ जना केन्द्रिय सदस्यहरू रहनेछन् । नेतृ दुर्गा सोबको नाममा सो पार्टी निर्वाचन आयोगमा दर्ता भइसकेको छ ।

प्रगतिशील समाजवाद मार्गदर्शक सिद्धान्त सो पार्टीको रहेको र त्यसको चुनाव चिन्ह आँखा राखिएको छ । पार्टीको नेतृत्व समावेशी र सामूहिक भावका साथ अघि बढ्ने नेता सन्तोष परियारले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति