काठमाडौं, ७ मंसिर । रौतहटमा सशस्त्र प्रहरीले स्वचालित हतियारसहित एक युवालाई पक्राउ गरेको छ । शनिबार साँझ चन्द्रपुर न ४ देउरालीचोकबाट मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका (१३ पदमपोखरी बस्ने गुणबहादुर आचार्यको छोरा २२ वर्षीय सुमन आर्चायलाई पक्राउ गरेर ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा बुझाइएको सशस्त्र सुरक्षा बेस सन्तपुरका प्रमुख डिएसपी राजेन्द्र बहादुर बस्नेतले जानकारी दिए । पक्राउ परेका आचार्यका साथबाट १ थान ऋँ(ढड(ढ पेस्तोल र सो को म्यागजीन,इटालियन पेस्तोल एक थान र सोको म्यागजीन १ थान र १३ राउन्ड गोली,खुकुरी बरामद भएको छ ।
आचार्यमाथि थप अनुसन्धान गर्दै हातहतियार तथा खरखजाना अनुसार कारबाही अघि बढाउने डीएसपी रुपा लाबुङले जानकारी दिइन् ।
स्वचालित हतियारसहित आचार्य पक्राउ
प्रतिक्रिया