विराटनगरको लगातार दोस्रो जित, काठमान्डुको दोस्रो हार

काठमाडौं, ६ मंसिर ।नेपाल प्रिमियर लिग ९एनपीएल०को दोस्रो संस्करण अन्तर्गतको आठौँ खेलमा विराटनगर किंग्सले काठमान्डु गोर्खाजलाई ५ विकेटले हराएको छ। यो विराटनगरको लगातार दोस्रो जित हो। काठमान्डुको भने यो दोस्रो हार हो। त्रिवि क्रिकेट स्टेडियममा काठमान्डु गोर्खाजले दिएको १३५ रनको लक्ष्य पछ्याएको विराटनगरले १७।१ ओभरमा ५ विकेट गुमाउँदै १३५ रनको लक्ष्य पूरा गरेको हो।विराटनगरको लागि जर्ज मुन्सेले सर्वाधिक उनले १६ बलमा ५ चौका र २ छक्कासहित ३६ रन बनाए। दोस्रो विकेटको लागि मुन्सेले मार्टिन गप्टिलसँग ५३ रनको साझेदारी गरे।विराटनगरको पहिलो विकेटको रुपमा लोकेश बमको विकेट गयो। लोकेशले १० बलमा २ छक्कासहित १४ रन बनाएर क्याच भए। दोस्रो विकेटको रुपमा जर्ज मुन्सेको विकेट गयो। मार्टिन गप्टिलले १९ बलमा २५ रन बनाए। वसिर अहमद १९ रनमा क्याच भए। नरेन भट्ट ले २४ रन बनाए। शुभम रञ्जाने ६ र सन्दीप लामीछाने ९ रनमा अविजित रहे।काठमान्डु गोर्खाजको लागि बलिङ तर्फ साहब आलमले २ र करण केसी, जेहरार्ड इरास्मस र सन्तोष यादवले १–१ विकेट लिए। पहिलो इनिङ्समा टस हारेर ब्याटिङको निम्तो पाएको काठमान्डुले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३४ रन बनाएको थियो। काठमान्डुको लागि आदिल आलमले ३ पटक जीवनदान पाउँदै ४८ रनमा अविजित रहे। उनले । २५ बलमा ४ चौका र २ छक्का प्रहार गरे। ओपनर आकाश त्रिपाठी डकआउट हुँदा, रिकार्डो भास्कोन्सेलोस ३ र प्रतिक श्रेठ ३ रनमा पेभेलियन फर्किए। जेहरार्ड इरास्मरले १० रन बनाए। पाँचौं विकेटको रुपमा वेन चार्लेसवर्थले ३२ रन बनाएर पेभेलियन फर्किए । काठमान्डुले १७।४ ओभरमा ५ विकेटको क्षतिमा १०० रन पूरा गर्‍यो। १७।५ मा काठमान्डुले छैटौँ विकेट गुमायो। सन्तोष यादवले २४ बलमा १ छक्कासहित २६ रन बनाए। छैटौँ विकेटका लागि आदिल आलम र सन्तोष यादवले ४५ रनको साझेदारी गरे। धरापमा परेको काठमान्डुको ब्याटिङलाई आदिल र सन्तोषले उकास्दै १०० माथि पुर्याएका थिए। जोन सिम्पसन ७ रनमा अविजित रहे। विराटनगर किंग्सको लागि मर्चेन्ट डी लाङ्गेले २ विकेट लिँदा, शुभम सञ्जाने, सूर्य तामाङ र सन्दीप लामिछानेले १–१ विकेट लिए।विराटनगर किंग्सले पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ५३ रनले पराजित गरेको थियो। काठमान्डु गोर्खाजको यो तेस्रो खेल हो। काठमान्डुले पहिलो खेलमा साबिक विजेता जनकपुरलाई ५ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा काठमान्डु सुदूरपश्चिम रोयल्ससँग २९ रनले पराजित भएको थियो। आजको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ९ विकेटले पराजित गरेको हो। जनकपुर बोल्ट्स बाहेक सबै टिमले दुई खेल खेलिसकेका छन्। आइतबार कुनैपनि खेल छैनन्। सोमबार दुई खेल छन्। सोमबारको पहिलो खेल जनकपुर बोल्ट्स र विराटनगर किंग्सबिच हुनेछ। दोस्रो खेल सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबिच हुनेछ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति