प्रधानमन्त्री कार्कीले विद्रोह हुन्छ भनेर योजना बनाएको हो ? : ओली

काठमाडौं ५ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीलाई अझै ठूलो विद्रोह हुन्छ भनेको योजना कि अनुमान हो भन्दै प्रश्न गरेका छन्। शुक्रबार पार्टीको युथ भोलेन्टियर घोषणा कार्यक्रममा उनले सरकार संविधानअनुसार बनेको छैनभन्दा अर्को विद्रोह हुने धारणा प्रधानमन्त्रीबाट सुनिएको भन्दै आपत्ति जनाए।

‘यस देशमा अझै ठूलो विद्रोह हुन्छ रे। अस्ति प्रधानमन्त्रीबाट सुनेको। यदि यो सरकार संविधानसम्मत बनेको छैन भन्ने हो भने झन अर्को ठूलो विद्रोह हुन्छ रे। कसले विद्रोह गर्छ ? अस्तिको भन्दा ठूलो विद्रोह हुन्छ भन्ने को होरु,” ओलीले भने, ‘फेरि आगो लगाउने, तोडफोड गर्ने ?’

ओलीले विद्रोहको सपना देखेको भए छोड्न आग्रह गरे। ुतपाईंको अनुमान हो कि योजना होरु, योजना हो भने सपना नदेख्नुस्। अनुमान हो भने डराउन छोड्नुस्। नेपाली जनतालाई पनि डर देखाउन छोड्नुस्,? उनले भने।
आज शुक्रबार थापाथलीस्थित कार्की बेङ्क्वेटमा भएको एक कार्यक्रममा भोलेन्टियर्स फोर्सको संयोजकको जिम्मेवारी एमालेले सिन्धुली घर भएका ४३ वर्षीय श्रेष्ठलाई दिएको हो ।

श्रेष्ठ यसअघि नेकपा एमालेको युवा दस्ता युथ फोर्समा आबद्ध थिए । जेनजी आन्दोलनपछि एमालेले गठन गरेको भोलेन्टियर्स फोर्सको जिम्मेवारी उनै श्रेष्ठले पाए ।

संयोजकको यो जिम्मेवारी पाएका श्रेष्ठ भने आफैं विवादित र आपराधिक पृष्ठभूमिका व्यक्ति हुन् । यसअघि पटक–पटक विभिन्न कसुरमा पक्राउ गर्दै आएका श्रेष्ठको विगत केलाउनले हो भने सात वटा बढी मुद्दा खेपेको देखिन्छ ।

उनीविरुद्ध अहिलेसम्म ४ वटा ज्यान मार्ने उद्योगको कसुर, २ वटा सार्वजनिक अपराध ९अभद्र व्यवहार० र १ वटा अपहरण तथा शरीर बन्धकको कसुरमा मुद्दा चलेको भेटिएको छ ।

पछिल्लो पटक श्रेष्ठलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले २६ भदौ २०७५ मा पक्राउ गरेको थियो । त्यतिबेला अपराध अनुसन्धान कार्यालयको प्रमुखमा एसएसपी धिरज प्रताप सिंह थिए । पछि सिंह आईजीपी भएर अहिले अवकाश भइसकेका छन् ।

रातोपुलबाट पक्राउ परेका श्रेष्ठले त्यतिबेला ठेकदारलाई धम्क्याएको आरोप थियो । श्रेष्ठ त्यतिबेला भने माओवादीको योङ क्युनिष्ट लिग ९वाईसीएल०को सिन्धुली जिल्ला अध्यक्ष थिए ।

त्यतिबेला श्रेष्ठले ओखलढुंगा घर भएका रामबहादुर कटुवाललाई ज्यान मार्ने धम्की दिएपछि प्रहरीले पक्राउ गरिएको प्रहरीले बताएको थियो ।

श्रेष्ठले घर निर्माणको लागि कटुवाललाई ठेक्का दिएका थिए । घर निर्माणपछि रकम माग्दा नदिएर उल्टै ज्यान मार्ने धम्की दिएको आरोप थियो । त्यतिबेला प्रहरीले उनीमाथि सार्वजनिक अपराध ९अभद्र व्यवहारको कसुर०मा मुद्दा चलाएको थियो ।

त्यस्तै श्रेष्ठले ४ पुस २०७३ मा गणेशकुमार कुँवरलाई बोलाएर कुटपिट गरी रकम लुटेको आरोप थियो ।

उनले कुँवरलाई आफ्ना साथी शुक्रराज तामाङको डेरामा लगेर ५० हजार नगद रुपैयाँ, सुनको औंठी, मोबाइल र कुलबहादुर तामाङको नाममा ११ लाख रुपैयाँको चेक काट्न लगाएको अनुसन्धानबाट खुलेको थियो । त्यतिबेला श्रेष्ठसहित अन्य पाँच जना पनि पक्राउ परेका थिए ।

श्रेष्ठ अपराधको दुनियाँमा भने करिब २० वर्षअघिबाटै प्रवेश गरेको पाइएको छ । पहिलो पटक उनीविरुद्ध २०६३ सालमा मुद्दा चलेको थियो ।

सिन्धुलीको कमलामाई नगरपालिकाका श्रेष्ठले स्थानीय गगन सिंहलाई ज्यान मार्ने उद्देश्यले कुटपिट गरेका थिए । पहिलो पटक सिन्धुलीमा ज्यान मार्ने उद्योगको कसुरमा उनीविरुद्ध मुद्दा चलेको थियो ।

यसअघि १९ चैत २०६४ मा उनीविरुद्ध अर्को मुद्दा चलेको सीआरएसमा देखिन्छ । त्यतिबेला कमलामाई नगरपालिकाकै विजय मुनाललाई हतियार प्रहार गरी घाइते भएको घटनामा उनीविरुद्ध मुद्दा चलेको थियो ।

काठमाडौं महानगरपालिका–३२ का अविनाश रिजालमाथि गोली प्रहार भयो । गोली प्रहार गरी रिजालको हत्या प्रयास गरेको घटनामा जोडिएको भन्दै १७ असोज २०६५ मा प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको थियो ।

सिन्धुलीकै स्थानीय राजन घिसिङमाथि कुटपटि गरेको उजुरीको आधारमा श्रेष्ठमाथि अर्को मुद्दा चलेको देखिन्छ । २१ असोज २०६७ मा घिसिङमाथि कुटपिट गरेको आरोपमा उनीविरुद्ध मुद्दा चलेको थियो ।

त्यस्तै १४ फागुन २०७० मा सिन्धुलीकै जीवन श्रेष्ठलाई अपहरण तथा कुटपिट गरेको आरोपमा उनीमाथि सिन्धुलीबाट मुद्दा चलेको भेटिन्छ ।

तत्कालीन नेकपा माओवादी शान्ति प्रक्रियामा आएसँगै उनी माओवादीमा प्रवेश गरेका थिए । त्यसपछि उनी वाईसीएलको केन्द्रीय सदस्य हुँदै सिन्धुलीको जिल्ला इन्चार्ज भए । माओवादी एमाले मिलेर २०७५ सालमा नेकपा बनेपछि उनी नेकपा निकट युवा संघको सिन्धुली सह–इन्चार्ज बनेका थिए ।

नेकपा विभाजन भएपछि उनी एमालेमा रहे । त्यसयता उनी एमालेमै छन् र अहिले भोलेन्टियर्स फोर्सको जिम्मेवारीसम्म पाए ।

रामबहादुर थापा बादल गृह मन्त्री रहेका बेला उनी बादलसँग निकट भएर ठेक्कापट्टा र असुलीमा लागेको आरोप थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति