प्रधानमन्त्रीलाई ओलीको प्रश्न– फेरि विद्रोह हुन्छ भनेको योजना हो कि अनुमान ?

काठमाडौं, ५ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीले कच्चा कुरा गरेको भन्दै आपत्ति प्रकट गरे । शुक्रबार काठमाडौंमा कमाण्ड घोषणापछि सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले यस्तो आपत्ति जनाएका हुन । यसअघि राजनीतिक दलहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री कार्कीले प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्छ भन्ने हो भने अवस्था अझै अस्थिरताको चक्रमा फस्ने बताए । संसद् पुनर्स्थापनाको मागले उक्त भनाइको जवाफ दिँदै ओलीले के भन्न खोजेको ? भन्दै प्रश्न समेत गरे । ‘यदि यो सरकार संविधानसम्मत बनेको छैन भन्ने हो भने त झनै विद्रोह हुन्छ रे । कसले विद्रोह गर्छ ? अर्थात् नेपाली जनतालाई धम्क्याएर, तर्साएर अस्तिको भन्दा ठूलो विद्रोह हुन्छ रे ? फेरि आगो लगाउने ? के भनेको हो त्यो ?,’ ओलीले भने, ‘प्रधानमन्त्रीज्यूले भन्नुभएको यो योजना हो कि अनुमान हो ? म प्रधानमन्त्रीज्यूलाई सोध्न चाहन्छु । योजना हो भने सपना नदेख्नुस् । अनुमान हो भने डराउन छाड्नुस् । नेपाली जनतालाई पनि डर देखाउन छाड्नुस् ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति