असंवैधानिक हस्तक्षेपमा देश अस्थिर, भैरवनाथ गणमा तीन दिन सम्म सूचनाबाट बन्चित गरियो – पूर्व मन्त्री गुरुङ(भिडियोसहित)

काठमाडौं, ४ मंसिर । नेकपा एमालेका उपमहासचिव एवं पूर्व सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले हाल बनेको सरकारलाई असंवैधानिक रहेको बताएका छन् । उनले एबीसी टेलिभिजनको कार्यक्रम आउटलुकमा टेलिभिजनका प्रधान सम्पादक शुभशंकर कंडेलसग कुराकानी गर्दै उनले पूर्व प्रधानन्याधिश शुशिला काकीको नेतृत्वमा बनेको सरकार असंवैधानीक भएको बताएका हुन ।

उनले मुलुकमा शान्तिपूर्ण कु भएको समेत बताएका छन् । उनले त्तकालिन प्रधानमन्त्री ओलीको राजीनामा राष्ट्रपतिले माग्नुपर्नेमा शुरक्षा निकायका प्रमुखहरुले मागेको स्मरण गर्दै यो शान्तिपुर्ण कु भएको बताए । उनले भैसिपाटीको मन्त्री निवास समेत आफुहरुलाई सेनाले हेलिकप्टरमा चढाएको २० मिनेटमा जलाउन सुरु गरेको समेत बताए । उनले ओली ले राजीनामा नदिने समय सम्म केहि नभएको र राजीनामा दिएपछि सवै तिर सुरक्षा निकायले आफ्नो डिउटी पुरा नगरेको दावी गरे । उनले सुरक्षाकर्मीको काम कर्तव्य के हो किन आफ्नो डिउडी छोडेको भनि प्रश्न समेत गरे । उनले आफुहरुलाई सेनाले प्रधानमन्त्री शुशिला कार्कीले सपथ नलिने वेला सम्म मोवाई समेत नदिएको र बाहिरको सूचनाबाट बन्चित गरेको समेत बताएका छन् ।

के भएको थियो भदौ २३ र २४ गते विस्तृतमा हेरौ अन्र्तवार्ता

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति