अमेरिकाबाट थप ३५ नेपाली डिपोर्ट

काठमाडौं । अमेरिकाबाट थप ३५ जना नेपाली नागरिक डिपोर्ट भएका छन् । अमेरिकाबाट डिपोर्ट भएका ३५ जना नेपालीहरू बुधबार साँझ काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका हुन् । उनीहरूलाई अमेरिकाले चार्डर्ट विमानमार्फत स्वदेश फर्काएको हो ।

डिपोर्ट भएकाहरूलाई विमानस्थल अध्यागमन कार्यालयले नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको जिम्मा लगाएको थियो । ब्यूरोले उनीहरूसँग प्रारम्भिक सोधपुछ गरेको थियो ।

मानव बेचबिखन अनुसन्धान ब्यूरोको अनुसार डिपोर्ट भएकाहरू दाङ, रुकुम लगायतका जिल्लाका छन् । ब्यूरो स्रोतका अनुसार दाङका मात्रै १६ जना रहेको पाइएको छ । उनीहरूमध्ये अधिकांश मेक्सिको हुँदै विना भिसा अमेरिका छिर्नेहरू रहेका छन् । अमेरिकाबाट डिपोर्ट हुने ३५ जनाहरूमा एक जना विद्यार्थी भिसामा अमेरिका गएका रहेका छन् भने एक जना पर्यटक भिसामा अमेरिका पुगेको पाइएको छ । उनीहरूमध्ये अहिलेसम्म कसैले पनि उजुरी भने दिएका छैनन् ।

अमेरिकी राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सम्हालेदेखि आप्रवासन नीतिलाई कडाइका साथ लागू गरिएको छ । अक्टोबर महिनामा मात्रै अमेरिकाबाट ३८ जना नेपाली डिपोर्ट भएका थिए, जसमा ४ जना महिला र ३४ जना पुरुष थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति