काठमाडौं, ३ मंसिर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बारा घटनामा सरकारले चरम लापरबाही गरेको बताएका छन्। ललितपुरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले नेताहरूलाई सभा र कार्यक्रममा जान रोक लगाए सरकारले कसरी चुनाव गराउने भनेर प्रश्नसमेत गरे।
सरकारले एकातिर चुनाव गराउने भनेर आज छलफलमा बोलाएको छ। उता, बारामा जेनजीका नाममा केही विद्वानहरूले ढुंगामुढा र तोडफोड गरेर एयरपोर्ट बन्द गराए। हाम्रो सभालाई बिथोलिदिए। प्रधानमन्त्रीजीलाई सोध्न चाहन्छु, कस्तो चुनाव गराउन खोज्दैहुनुहुन्छ ? उनले भने। उनले गत भदौ २३ र २४ गते वीरगन्ज र बारा जलाउने अपराधीहरूले नै यो घटना गराएको दाबी गरे। एयरपोर्टमै तोडफोड गर्न दिइयो। यो देश कस्तो भयो ? ५०/६० जना आएर एयरपोर्ट नै बन्द गराइदिने ? के हो यो ? जति बेला चाह्यो, जेनजी भन्यो, एयरपोर्ट नै बन्द गरायो। जतिखेर चाह्यो, सभा गर्न बन्द। अनि भन्छ चुनाव गर्ने। सभा गर्न नदिनेले चुनाव कसरी गर्छ ? उनले सरकारलाई प्रश्न गरे।
उनले एमालेले अपराधीहरूलाई नियन्त्रण गर्न भनिरहेको तर सरकारले अटेरी गरिरहेको बताए। अस्ती वीरगन्ज जलाउने, बारा जलाउने तिनै अपराधीहरू भेला भएका छन्। किनकि तिनीहरूलाई कारबाही भएको छैन। उनीहरूको मनोबल अझै उच्च छ। तिनीहरू नै भेला भएर एमालेमाथि आक्रमण गरिरहेको छ, उनले भने। अध्यक्ष ओलीले दुर्गा प्रसाईंको पक्राउप्रति पनि आपत्ति जनाए। उनले भिडियो बनाउँदैमा राति-राति पक्राउ गरेकोप्रति आपत्ति जनाए। यो सरकारसँग सोध्न चाहन्छु, दुर्गा प्रसाईंलाई दिने जवाफ सरकारसँग छ कि छैनरु यतिकै पुलिस पठाएर समातेर हुन्छरु गिरफ्तार गरेर मुख बन्द गराए समस्याको समाधान हुन्छरु विहान समाते पनि हुन्थयो नि? राति राति समात्ने ? तमासा गरेर हुन्छ, उनले प्रश्न गरे।
प्रतिक्रिया