काठमडौं, २ मंसिर । भक्तपुरबाट गएराति पक्राउ परेका दुर्गा प्रसाईंलाई जिल्ला अदालत काठमाण्डौले सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धानका लागि चार दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
प्रसाईंलाई भक्तपुरको सानोठिमी निवासबाट पक्राउ परेका थिए । उनलाई सार्वजनिक शान्ति–सुरक्षाविरुद्धको गतिविधिसम्बन्धी अनुसन्धानका लागि काठमाण्डौ प्रहरी परिसरमा राखिएको छ ।
यसैबीच राष्ट्रिय मानव अधिकार आयोगको अनुगमन टोलीले आज जिल्ला प्रहरी परिसर पुगेर प्रसाईं र सम्बन्धित प्रहरी अधिकारीसँग भेट गरेको छ । प्रहरी प्रतिवेदन अनुसार उनलाई आवश्यक कानूनी प्रक्रिया अनुसार पक्राउ तथा थुनुवा पुर्जी थमाइएको र स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी आयोगलाई प्राप्त भएको आयोगले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
प्रसाईंलाई पक्राउ परेको विरोधमा उनका समर्थकले आज दिउँसो जिल्ला प्रशासन कार्यालय काठमाण्डौ अगाडि विरोध प्रदर्शनसमेत गरेका थिए ।
प्रतिक्रिया