एनपीएलको उद्घाटन खेलमा साविक विजेता जनकपुरलाई काठमाडौं गोर्खाज ५ विकेटले  हरायो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उद्घाटन खेलमा काठमाण्डु गोखार्जले साबिक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गरेको छ । जनकपुरले दिएको १३१ रनको लक्ष्य पछ्याएको काठमाण्डुले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो ।

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उद्घाटन खेलमा काठमाण्डु गोखार्जले साबिक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गरेको छ । जनकपुरले दिएको १३१ रनको लक्ष्य पछ्याएको काठमाण्डुले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो ।

काठमाण्डुका लागि वेन चाल्र्सवर्थले सर्वाधिक ४६ रन बनाए । आकाश त्रिपाठीले ३९, भीम सार्की ३, मिलिन्द कुमार १९, जोन सिम्पसोन १३ रनको योगदान दिए । मोहम्मद आदिल आलम ८ रनमा अविजित रहे ।

बलिङमा जनकपुरका किशोर महत्तो, अनिलकुमार शाह, ललित राजवंशी, जान निकोल लोफ्टी इन्र्टन र सञ्जय कृष्णमूर्तिले एकएक विकेट लिए ।

त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३० रन बनाएको थियो । जनकपुरका लागि ओपनर आसिफ शेखले अर्थशतक पूरा गरे । उनले ४१ बलमा ५४ रन बनाए ।

ओपनर लाहिरु मिलान्था ७, कप्तान अनिलकुमार शाह ०, जान निकोल लोफ्टी इन्टोन २, सञ्जय कृष्णमूर्ति २ र लाहिरु सिमारकून २२ रन बनाएर आउट भए । मयन यादव ३४ र रुपेश सिंह ४ रनमा अविजित रहे ।

बलिङमा जनकपुरका मिलिन्द कुमारले सर्वाधिक ३ विकेट लिए । ४ ओभर बलिङ गरेका मिलिन्दले १५ रन खर्चेर ३ विकेट लिए । करण केसी, शाहव आलम र सन्तोष यादवले एकएक विकेट लिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति