काठमाडौं १ मंसिर । नेकपा एमालेको विद्यार्थी संवगठन (अनेरास्ववियु)का अध्यक्ष सुजन कडरिया पदमुक्त भएका छन्।
जेनजी आन्दोलनका बेला पद त्यागेको घोषणा गरेका उनी आन्दोलन सकिएपछि पुनः त्यही पदमा फर्किन खोजेपछि अनेरास्ववियुमा विवाद भएको थियो।
विवादकाबीच सोमबार बसेको पदाधिकारी बैठकले उनलाई हटाएर महासचिव रहेका दीपक धामीलाई अध्यक्ष र उपाध्यक्ष अञ्जना सिवाकोटीलाई महासचिव बनाउने निर्णय गरेको अनेरास्ववियुका पूर्वअध्यक्ष समिक बडालले नेपालखबरलाई जानकारी दिए।
पदाधिकारीको निर्णय अनुमोदन गराउन ४ गते सचिवालय बैठक समेत राखिएको उनले बताए। राजीनामा दिइसकेको व्यक्तिलाई पुनः अध्यक्षमा स्वीकार गर्न नसकिने भन्दै अनेरास्ववियूमा लामो समयदेखि विवाद चलिरहेको थियो।
अन्ततः अनेरास्ववियुको पदाधिकारी बैठकबाट त्यसको निरुपण गरिएको हो।
प्रतिक्रिया