मधेश भवनमा सात दलका नेताहरु नेपालको झण्डासहित धर्नामा बसे

जनकपुरधाम ३० कात्तिक । सोमबारदेखि आन्दोलित मधेश प्रदेशका सात दलका नेता कार्यकर्ता आइतबार पनि बिहानै मधेश भवन अगाडि धर्नामा बसेका छन् ।

असंवैधानिक मुख्यमन्त्री नियुक्ति, सांसदहरुमाथि कुटपिटमा उत्रिने अविस्वासको प्रस्ताव दर्ता भइसकेका मधेश प्रदेश सभाका उपसभामुख रामचन्द्र मण्डलको सांसद पदमुक्तिलगायतका प्रकरणको विरोधमा सात दल निरन्तर आन्दोलनरत छ । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित सातदलले मुख्यमन्त्री खारेजीविरुद्धको सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज दुवै पक्षबीच छलफल पनि हुँदैछ ।

सडकदेखि सर्वोच्च अदालतसम्म सात दलले मुख्यमन्त्रीविरुद्ध र प्रदेश सभामा सभामुखविरुद्ध धर्ना जारी राखेका छन् । आज आइतबार चैँ सबैले पार्टी झण्डाको सट्टा नेपालको झण्डासहित धर्ना दिएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति