मकवानपुरमा मोटरसाइकल खोलामा खस्दा २ जनाको मृत्यु

काठमाडौं, ३० कात्तिक । मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ र भीमफेदी गाउँपालिका वडा नम्बर १ को सिमानास्थित बुङ्दल खोला पुल नजिक मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । घटनास्थलमै मृत्यु भएका दुबै जनाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवापुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुवास चन्द्र बोहोराका अनुसार घटना राति भएको हो । बा.प्र.०३–००५ प ७९८० नम्बरको मोटरासाइकल झण्डै ४०र५० मिटर तल बुङदल खेलामा खसेको छ । आइतबार (आज) बिहान स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले प्रहरी घटनास्थलमा पुगेको र दुर्घटनाको विस्तृत विवरण संकलन कार्य भइरहेको प्रहरी प्रमुख बोहोराले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति