नयाँ दल दर्ताको समय आज सकिँदै

काठमाडौं, ३० कात्तिक । नयाँ राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगले दिएको समयसीमा आज सकिँदै छ ।सरकारले आगामी फागुन २१ गतेका लागि घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनमा भाग लिनका लागि आयोगले नयाँ दल दर्ताको समय तोकेको थियो ।आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ताको छुट्टै समयसीमा पनि तोकेको छ । जसअनुसार, प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मंसिर १० गतेसम्म दल दर्ता गर्न आह्वान गरिएको छ ।आयोगमा पहिले नै दर्ता भइसकेका दलहरूले पनि निर्वाचनमा भाग लिनका लागि पुनः दल दर्ता गर्नुपर्ने हुन्छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति