भदौ २३/ २४ गतेको आन्दोलमा वैदेशिक हस्तक्षपको चलखेल देखियो – डा. भिम रावल (भिडियोसहित)

काठमाडौं, ३० कात्तिक । नेपाली कम्युनिष्ट पार्टीका नेता भीम रावलले भदौ २३/ २४ गतेको आन्दोलमा वैदेशिक हस्तक्षपको चलखेल देखिएको बताएका छन् । उनले एबीसी टेलिभिजनको कार्यक्रम आउटलुकमा एबीसी टेलिभिजनका प्रधान सम्पादक शुभशंकर कंडेलसंग कृुराकानी गर्दै उक्त आन्दोलनमा विदेशीहरुको चलखेल देखिएको बताएका छन् । उनले कार्यक्रममा बोल्दै भदौ २३ गते जेनजी आन्दोलनको क्रममा भएको दमनको जिम्मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकले लिनुपर्ने समेत बताएका छन् ।

रावलले भने ‘भदौ २३ गतेको घटनामा तत्कालीन प्रधानमन्त्री, सरकार, त्यो बेला सरकारमा हुने राजनीतिक दलहरु जिम्मेवार हुनैपर्छ । हाम्रो देशको संविधानमा गर्न नहुने काम गरेमा र गर्नुपर्ने कर्तव्य पूरा नगरेमा पनि राज्यको महत्वपूर्ण पदमा बस्ने व्यक्तिले जिम्मेवारी लिनुपर्छ ’ । एमाले अध्यक्षसमेत रहेका पूर्व प्रधानमन्त्री ओलीले जेनजी आन्दोलनको क्रममा भएको दमनको बारेमा ‘मलाई थाहा छैन, मैले आदेश दिएको छैन, मेरो जिम्मेवारी होइन’ लगायतका गैरजिम्मेवार जवाफ दिइराखेको नेता रावलले बताए । संसदीय प्रणालीमा कुनै घटना घटेको खण्डमा प्रधानमन्त्री र सम्बन्धित मन्त्रालयको मन्त्रीले जिम्मेवारी लिनुपर्ने उनको भनाइ छ । त्यस्तै, भदौ २४ गतेको विध्वंस कसले गरायो भन्ने कुराको पनि गहिरोगरी अध्ययन र विश्लेष हुन जरुरी रहेको उनले बताए । नेता रावलले सरकार बनिसकेपछि पनि यसको राम्रो लक्षण नदेखिएको समते बताका छन् । । यो सरकारले मन्त्री बनाउन खोजेका पात्रहरु पनि विवादित हुनेगरेको उनले स्मरण गरे । ‘यो सरकार बनिसकेपछि मैले केही लक्षणहरु देखिराखेको छु, ती लक्षणहरु सुखद् छैनन् । सरकारले मन्त्री बनाउने बेला भयो, कोही अदालतमा बयान दिनुपर्ने, कोही अनेक काण्डमा दोषी, कोही कानूनको आँखामा स्वच्छ नैतिकतामा दोषी,’– उनले भने । अब आउने आम निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावारणमा सम्पन्न गर्ने जिम्मेवारी यो सरकारले पूरा गर्नुपर्ने उनको भनाइ छ । कैदीबन्दी र हात हतियारहरु बाहिर रहेको र समाजमा पनि अराजकता बढ्दै गएको उनी बताउछन् ।
भिडियो

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति