मधुमेह र यसले आँखामा पार्न सक्ने प्रभावहरू
– डा. सन्जीब भट्टराई, वरिष्ठ दृष्टि रोग विशेषज्ञ,
शिक्षण अस्पताल, महाराजगन्ज काठमाडौ नेपाल ।
आज शुक्रवार हामी विश्व मधुमेह दिवस २०२५ AD मनाउँदै छौं । यस लेखमार्फत मैले मधुमेह रोगले आँखामा सिधै पार्न सक्ने असर र यसका रोकथामका वारेमा जनचेतनाका लागि केही प्रकास पार्न खोजेको छु । आँखामा यो रोगको असर रगतमा भएको चिनीको मात्राले भन्दा मधुमेह भएको समयमा (वर्षहरूमा) भर पर्दछ हालसम्म को अध्ययन अनुसार दस वर्ष मधुमेह भएका मानिसहरुमा कम्तिमा ५०%, २० वर्ष भएकामा ७०% तथा ३० वर्ष मधुमेह भएका मानिसहरुमा ९०% आँखाको केही न केही समस्या हुन्छन । यसको आँखामा पार्न सक्ने प्रभावले तपाइको दृष्टिलाई धमिलो पारि अन्तमा अन्धोसम्म बनाउन सक्दछ । विशेषत मधुमेहले आँखाको पर्दा जसलाई हामी रेटिना भन्छौं, त्यसलाई क्षती पु–याई दृष्टि नास गराउँछ । धेरै जस्तो अवस्थामा ठूलो क्षती नहुन्जेल कुनै पनि लक्षण देखा पर्दैन। त्यसकारण मधुमेह भएका व्यक्तिहरुले नियमित आँखा जाँच गराई रहनु पर्छ । मधुमेहका विरामीमा आँखाको समस्या अन्य व्यक्तिको तुलनामा दुई गुणा बढी हुन्छ ।
सबैभन्दा बढी देखिने समस्या भनेको यसले दृष्टि पर्दामा (Retna) को रक्तनलीमा असर पारि आउने समस्या( Diabetic Retinopathy) हो । यस अवस्थामा आँखाको दृष्टि पर्दा (Retna) मा रक्तस्राव हुन सक्छ, त्यस्तै दृष्ट्रि नसा अर्थात र रगतका नली अर्थात (Optic Nerve ) र रक्त नलिहरुमा स्थायी विकृती हुन सक्छ । त्यसैगरी मोतिविन्दुको चाँडै विकास हुने, जलविन्दु हुन सक्ने, आँखालाई चलाउने मांसपेसीको पक्षघात भई आँखा टेडो वा वाङगो हुने एउटा वस्तुलाई दुईओटा जस्तो देखिने, चस्माको पावर छिटो छिटो बदल्नुपर्ने, आँखाको गेड़ी भित्रको अग्रभागमा लाग्ने जटिल प्रकृतिको रोग -(Iridocyd RP) आइरिडो साइक्लाइटिस जस्ता रोगहरू लाग्न सक्छन । यस्तै अन्य कम जटिल समस्याहतमा पटक पटक आँखामा आनो (stye) आउने, आँखा सुखा हुने, (Dry eyes) र आँखाको ढकनी (eyelid) तल भने (Ptosis) हुने गर्दछ । यस्ता रोगहरको समयम उपचार नभएमा स्थायी रूपमा आँरंग विंगारेर सधैको लागि दृष्टिविहीन समेत गराउन सक्दछ ।
प्राय ४५ वर्ष माथिका व्यक्तिलाई देखा पर्ने यस मधुमेह रोगलाई कुनै उमेर र लिङ्गको छेकवार छैन । यो वंशानुगत तथा धेरै मोटो, शारिरीक ब्याम कम गर्ने व्यक्तिलाइ बढ़ी देखा पर्दछ । धेरै पिसाब हुने, तिर्खा लाग्ने, राम्ररी खाएपनि दुब्लाउदै जाने, पटक पटक घाउ खटिरा आउने तर छिटो निको नहुने जस्ता लक्षणहरु मधुमेहका विरामीमा देखिन्छन । तसर्थ स्वास्थ्य परिक्षण गरेर रगतमा ग्लुकोज (Glucose) को मात्रा जाँच गरेपछि मात्र निदान गर्न सकिन्छ । प्रमुख रूपमा मधुमेहले आँखाको पर्दाको रक्तसंचारमा प्रभाव पार्दछ । मह मधुमेहको राम्रो नियन्त्रण नहुँदा ग्लुकोज को मात्रा बढन गई रेटिनाका रक्त नलिहलमा प्रतिकूल असर पर्दछ । यसको आँखाको दृष्टि केन्दुमा सुजन ( macular edema) तथा ( Retinal hemorrhage) हुन गई दृष्टि ज्याद कमजोर हुन सक्छ । यदि समयमै उपचार अनावश्यक नयाँ रक्तनलिहरुको विकास गरी ती पनि टुटने फुटने भई दृष्टि सदाको लागि गुम्न सक्दछ । रेटिनामा असर भएपनि व्यक्तिलाई कुनै लक्षण हुँदैन। तर पछि दृष्टि धमिलो हुँदा पर्दामा Retene मा अपुरणीय क्षती भैसकेको हुन्छ । यसरी मधुमेहले आँखाको पर्दामा असर गरिसकेपछि सधैको लागि नराम्रो असर छोडदछ । पर्दामा अपुरणीय क्षती हुनुभन्दा पहिले नै गरिने उपचारहरु दृष्टि गुम्नबाट बचाउन बढी प्रभावशाली हुन्छन ।
डायबेटिक रेटिना प्याथी कसरी पत्ता लगाउने ?
आँखाको अगाडि कालो कालो थोपाहरू वा भुसुना देखिएमा, दृष्टि क्षमता कम हुँदै गएमा ।
आँखाको अगाडि मिलमिल जस्तो देखिइरहेमा ।
रोकथाम तथा उपचार
मधुमेह भैसकेपछि आँखाको नियमीत रुपमा जाँच गराउनु पर्दछ । यसका लागि आँखा उपचार केन्द्रमा गई नेत्र रोग वा दृष्टिरोग विशेषज्ञसंग आँखाको नानी फुलाई आँखाको पर्दा को विस्तृत जाँच गराउनु पर्दछ । मधुमेह भइहालेमा चिनीलाइ सधै नियन्त्रणमा राख्नु पर्दछ । आँखा देख्न कम भएपछि मात्र अस्पताल आउँदा मधुमेहले आँखामा धेरै गम्भीर असर पारिसकेको हुन सक्छ जसले गर्दा दृष्टि बचाउन गाहो पर्न सक्छ । धुम्रपान र मद्ययपानबाट टाढा रहनु पर्दछ । यसैगरी मधुमेहले मृगौलामा असर गरिसकेका साथै उच्च रक्तचापको समस्या र गर्भवती महिलाका आँखामा असर धेरै देखिने भएकोले यी व्यक्तिहरुमा विशेष सावधानी अपनाउनु पर्दछ । उपचारको क्रममा लेजर पद्धतीबाट आँखाको पर्दामा देखिएको सुजन, सुजन नयाँ रक्तनलीहरुको वृद्धिलाई कम गरि दृष्टि थप कमी हुनवाट वचाउन सकिन्छ । त्यस्तै सुईद्वारा पनि आँखाको भित्री पानी (Uitrcorns) मा विशेष औषधी पठाई आँखाको दृष्टि वचाउने प्रयत्न गरिन्छ । तर आँखाको पर्दा उप्किएमा वा आँखा भित्र धेरै समयसम्म अत्यधिक रगत जम्मा (Laser)गर्न नमिल्ने अवस्थामा आँखाको सल्यक्रिया जसलाई भिट्रियो रेटिनल सर्जरी भनिन्छ, सो (Vitreoretinal ) यसरी आँखा भित्र जमेको रगत सफा गरिन्छ ।
उपसंहार (सारांस )– मधुमेह रोग पहिचना हुनसाथ र ततपश्चात कम्तिमा वर्षमा एक पटक नियमित आँखा परिक्षण गराई समयमै उपचार गरे दृष्टि बचाउन सकिन्छ
प्रतिक्रिया