काठमाडौं, २७ कात्तिक । विवेकशील साझा पार्टीकी महासचिव रञ्जु दर्शनाले वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्यको आवश्यकता रहेको बताएकी छिन् । उनले लामो समयदेखि उक्त कुरा उठ्दै आएको भएपनि व्यक्तिकेन्दित राजनीतिको कारण निष्कर्षमा पुग्न नसकेको दावी गरिन । वैकल्पिक शक्तिहरूबीच सहकार्य किन हुन सकेन भन्ने विषयमा आत्ममूल्याङ्का गर्न जरुरी रहेको बताइन् । एबीसी टेलिभिजनको कार्यक्रम वाचमा बोल्दै उनले विवेकशील साझाले जेन–जी आन्दोलन अघि नै राजनीतिक संवाद समिति गठन गरेर वैकल्पिक शक्तिहरूबीच संवाद र सहकार्यको अभ्यास सुरु गरेको पनि बताइन् । वैकल्पिक राजनीति केवल चुनावी तालमेलमा सीमित नभई साझा विचार, नीतिगत दृष्टि र प्रणालीगत सुधारमा केन्द्रित हुनुपर्नेमा उनको जोड छ ।
बैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्य हुन नसक्नु दुर्भाग्य – नेतृ रञ्जु दर्शना (भिडियोसहित)
प्रतिक्रिया