दरबारले संसदको पहिलो बैठक विथोल्न दिएको आदेश पनि सेनाले मानेको थिएनः पूर्व उपरथी डा.पूर्ण सिलवाल(भिडियो)

विध्वंस रोक्नका लागि इन्टरनेट बन्द गर्नु पर्ने थियो

काठमाडौं २७ कात्तिक। नेपाली सेनाका पूर्व उपरथी डा.पूर्ण सिलवालले २०६३ जेठ को पुनस्थापित पहिलो संसदको बैठक राजदरबारले विथोल्नका लागि सेनालाई आदेश दिएको खुलासा गरेका छन् । एबीसी टेलिभिजनको आउटलुक कार्यक्रममा विस्तृत अन्तर्वार्ताका क्रममा सिलवालले दरबारले संसदको बैठक विथोल्नका लागि जंगी अड्डालाई आदेश दिएको दावी गरेका छन् । सिलवालका अनुसार दरबारबाट सैन्य मुख्यालयलाई संसदको पहिलो बैठक विथोल्न आदेश दिएइएको थियो । मुख्यालयबाट पृतनालाई र पृतनाबाट फिल्ड बटालियनलाई आदेश दिइयो । तर सेनालका सबै तहले लिखित आदेश मागे । लिखित आदेश दिन कोही पनि तयार नभएपछि सेना फिल्डमा उत्रन तयार भएन ।


विध्वंस रोक्नका लागि इन्टरनेट बन्द गर्नु पर्ने थियो


जेनजी विद्रोहका समयमा भएको विध्वंसका सन्दर्भमा सेना किन मुक दर्शक बस्यो भन्ने सन्दर्भमा सिलवालले नेपाली सेनाले संविधानअनुसार लिखित आदेश विना कहिल्यै पनि सेनाले कारबाही नगर्ने स्पष्ट गरे ।
सुरक्षा सूचनामा गम्भीर गल्ती भएको भन्ने सन्दर्भमा चैत्र १५ को घटनाको आसपास नै नेपाली सेनाले नेपालमा पनि बंगलादेशको मोडेलको उपद्रव हुन सक्ने बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएपनि तत्कालीन प्रधानमन्त्रीले सुन्न नचाहेको विस्तृतमा खुलाएका छन् ।
डा.सिलवालसँगको विस्तृत अन्तर्वार्ताको लिंक यहाँ छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति