देश संकटमा छ, चुनाव जित्नको लागि मात्रै हामीले एकता गरेका होइनौँ – प्रचण्ड

काठमाडौं, २६ कात्तिक । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई तत्काल चुनाव जित्नको लागि मात्रै आफूहरूले एकता नगरेको बताएका छन्।भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानलाई पार्टीमा समाहित गर्ने समारोहमा बोल्दै राष्ट्र बचाउनुपर्ने ऐतिहासिक आवश्यकतालाई मध्यनजर गरेर भएको जिकिर गरे।उनले भने, ‘इतिहासमा यति संकटमा सायद कहिल्यै परेको थिएन, सुगौली सन्धिपछिको स्थिति हेर्ने हो भने देश अहिले असाधारण संकटमा छ। त्यसैले यो एकता गरिहालौँ चुनाव जित्नको लागि भनेर गरिएको होइन।’जेनजी आन्दोलनले आफैँलाई बदल्न धक्का दिएकै कारणले एकता प्रक्रिया चाँडो भएको बताए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति