जेनजी अभियन्ताको अर्का पार्टी जन्म्यो ‘जनादेश पार्टी’

काठमाडौं २५ कात्तिक । निर्वाचन आयोगमा जनादेश पार्टी नेपालले दल दर्ताका लागि निवेदन दिएको छ । मंगलबार अधिवक्ता रमणकुमार कर्णको नेतृत्वमा जनादेश पार्टी नेपालले निर्वाचन आयोगमा निवेदन दिएको हो ।

जनादेश पार्टीमा आन्दोलनकारी जेनजी र अनुभवी प्रोफेसनलहरूको सहभागिता रहेको कर्णले बताए । उनी सर्वोच्च अदालत बार एसोसिएसनका सचिव पनि हुन् । उनी सुधन गुरुंगको हामी नेपाल संस्थाका पनि कानुनी सल्लाहाकार रहेका छन् ।

दल दर्ताको आवेदन दिएपछि संयोजक कर्णले आफू केही समयका लागि संयोजकका रूपमा रहे पनि यसको नेतृत्व जेनजी पुस्ताले नै गर्ने बताए ।

‘जेनजी आन्दोलनकारीकै नेतृत्वमा यो दल निर्वाचनमा होमिन्छ, मैले कानुनी प्रक्रियाका लागि तत्काललाई संयोजन गरेको हुँ, केही दिनमा हामी बृहत भेलामार्फत् नयाँ नेतृत्व र पदाधिकारीहरू छान्छौं,’ उनले भने ।

संयोजक कर्णकाअनुसार यसमा अहिले सबै सदस्यहरू मात्र राखिएको छ । जसमा जेनजी आन्दोलनकारी र घाइतेहरूका पनि छन् ।

पार्टी गठनमा पोखराकी जेनजी अगुवा विप्लवी न्यौपाने, जस्मिन ओझा, नागरिकता अभियन्ता इन्द्रजीत साफी, जेनजी सहित परिवारका गणेण चौलागाईं र कमल सुवेदी लगायत छन् । पार्टीमा ७५ केन्द्रीय सदस्य छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति