काठमाडौं २४ कात्तिक,। मुख्यमन्त्री नियुक्तिको विवादमा मधेश प्रदेशकी प्रदेश प्रमुखको कार्यकक्षमा पनि तोडफोड भएको छ ।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको राजीनामाको माग गर्दै प्रदर्शनमा उत्रिएकाहरुले तोडफोड गरेका हुन् । सुवेदी नेकपा एमालेकी पूर्व नेता हुन् । नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीसहितका प्रदेश सांसद र कार्यकर्ताहरूले तोडफोड गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालय अगाडि रहेको बोर्ड सहितका गमलाहरू समेत तोडफोड गरिएको छ । उनीहरू प्रदेश प्रमुख कार्यालय अगाडि नाराबाजी जारी राखेका छन् ।

अस्वस्थ भएर उपचारका लागि काठमाडौं हिँडेकी प्रदेश प्रमुख भण्डारीले एमालेका सरोजकुमार यादवलाई ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । उनले यादबलाई बर्दिबासको एक होटेलमा शपथ गराएकी थिइन् ।
यसअघि मधेश प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पनि तोडफोड भएको छ ।
मधेस सरकार गठनप्रति एमाले सचिव योगेश भट्टराईको असन्तुष्टि
नेकपा एमालेका सचिव योगेश भट्टराईले मधेस सरकार गठनमा देखिएको समस्या संविधानसम्मत ढंगले समाधान गर्न मधेसका राजनीतिक दल, नागरिक समाजलगायत सम्बद्ध सबलाई अपिल गरेका छन्।
मधेस प्रदेशकी प्रमुख सुमित्रादेवी भण्डारीले आज बिहानै एक होटलमै एमाले मधेस संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्री पदमा नियुक्ति गर्दै शपथ खुवाएकी थिइन्। उनले संविधानको धारा १६८ को-३ अनुसार प्रदेश सभामा सबैभन्दा ठूलो दलको नेताको हैसियतमा यादवलाई मुख्यमन्त्री बनाएकी हुन्।
तर यसप्रति एमालेभित्रै असन्तुष्टि देखिएको हो।
यसै क्रममा एमाले सचिव भट्टराईले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘आज देशमा उत्पन्न विषम परिस्थिति तथा मधेश प्रदेशको भौगोलिक तथा राजनीतिक संवेदनशीलतालाई ख्यालमा राखेर संविधानसम्मत निकासका लागि संवाद र छलफलको माध्यमबाट अघि बढ्न मधेस प्रदेशमा क्रियाशील राजनीतिक दल, नागरिक समाज लगायत सम्बद्ध सबैमा हार्दिक अनुरोध गर्दछु। अतिवादले विनाश मात्र गर्छ, सचेत बनौँ।’
प्रतिक्रिया