प्रभु बैंकमा सीआईबी र राष्ट्र बैंकको संयुक्त छापा, शंकास्पद फाइल नियन्त्रणमा

काठमाडौं २२ कात्तिक। प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो र नेपाल राष्ट्र बैंकको संयुक्त टोलीले प्रभु बैंकमा छापा मारेको छ ।

गम्भीर आर्थिक अपचलनको जाहेरीमा प्रभु समूहका अध्यक्ष देवीप्रसाद भट्टचन पक्राउ परेपछि अनुसन्धानका निम्ति आवश्यक कागजात छानवीनका क्रममा शुक्रबार बेलुकी छापा मारिएको सिआइबी प्रमुख एआईजी डा।मनोजकुमार केसीले बताए ।

‘आवश्यक फाइल हाम्रो नियन्त्रणमा छ, नेपाल राष्ट्र बैंकसँग सहकार्य गरेर ती फाइलमाथि छानविन शुरू भएको छ’, एआईजी डा।केसीले बताए ।

९८ करोड रुपैयाँ ठगी भएको भनी प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाद्वारा दायर जाहेरीका आधारमा भट्टचन कात्तिक ११ गते ललितपुरबाट पक्राउ परेका थिए ।

लामाको जाहेरीमाथि अनुसन्धान गर्न सरकारी वकिलले कार्यालयले गतवर्षको असोज ११ गते नै प्रहरी परिसर, काठमाडौंमा पठाएको थियो । तर, परिसरले जाहेरीमाथि कुनै अनुसन्धान अगाडि बढाएको थिएन । उक्त मुद्दामा सिआइबीले हस्तक्षेप गरेपछि भट्टचन पक्राउ परेका हुन् ।

१८ करोडको ठगीमा अन्य व्यक्तिको संलग्नता खुलेको र संगठित अपराधको मुद्दा पनि चल्ने भएको सिआइबीस्रोतले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति