काठमाडौं २० कात्तिक । नेपाल कम्युनिस्ट पार्टी विप्लव समुहका महासचिव नेत्रविक्रम चन्द विप्लवले सुशीला कार्की नेतृत्वको वर्तमान अन्तरिमा सरकारलाई तत्काल सर्वपक्षीय बनाउनुपर्ने बताएका छन् ।
सर्वपक्षीय सरकारको माग गर्दै नेकपाले बिहीबार काठमाडौंमा गरेको प्रदर्शनपछिको सभामा विप्लवले सरकारको नेतृत्व गरिरहेकाहरू आक्रोश पोखेका हुन् ।
आफ्नो पार्टी नेकपा १२ वर्षदेखि भ्रष्टाचारविरुद्ध लडेको बताउँदै विप्लवले तर अन्तरिम सरकार गठन गर्दा एक पटक पनि नसोधेको भन्दै आक्रोश पोखे ।
उनले भने, ‘सुशीलाजीको नेतृत्वको अन्तरिम सरकारलाई छिटो भन्दा छिटो सर्वपक्षीय अन्तरिम सरकार बदल्न जरुरी छ, यो सरकारमा को आयो रु किन आयो रु कसले ल्यायो रु नेकपा १२ वर्षदेखि भ्रष्टचारका विरुद्ध लड्दै छ नेकपालाई किन सोधिएन रु’
सुशासनका लागि भ्रष्टाचारका विरुद्ध लड्ने अन्य दल, नागरिक अगुवा, पत्रकार कसैसँग पनि अन्तरिम सरकार गठनमा सुझाव नलिइएको भन्दै विप्लवले तत्काल सर्वपक्षीय सरकार बनाउनुपर्ने माग गरे ।
सर्वपक्षीय अन्तरिम सरकारले विशेष अधिकार प्रयोग गरेर संविधान पुनर्लेखन गरी राज्यका अंगको पुनस्सरचना गर्नुपर्ने उनको माग छ ।
प्रतिक्रिया