नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दियो

काठमाडौं २० कात्तिक । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको । हिजोमात्र विभिन्न १० वाम दल र समूह एकतापछि बनेको पार्टीको चुनाव चिह्न पाँचकुने तारा राखिएको छ।
नेता शिव खकुरेलले विधान टुंगिएपछि आयोगमा दस्तावेज पेश गरिने जानकारी दिएका छन्।

विभिन्न १० दवा वाम दल र समूह मिलेर बनेको पार्टीले एकता घोषणाको भोलिपल्ट बिहीबार आयोगमा दल दर्ताको निवेदन दिएको हो।

साविकका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहितका दलहरूले नेपाली कम्युनिस्ट पार्टी बनाएका हुन्।

नवगठित पार्टीको चुनाव चिह्न पाँचकुने तारा राखिएको छ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले नेपाली कम्युनिस्ट पार्टीको दल दर्ता निवेदन प्राप्त भएको जानकारी दिए।

आगामी २१ फागुनमा हुने निर्वाचनमा भाग लिने राजनीतिक दलले यही ३० कात्तिकभित्र दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने छ।

दलहरूबीचको एकताको प्रतिबद्धतापत्र, घोषणापत्र साथमा राखेर निवेदन दिएको नेता शिव खकुरेलले जानकारी दिए । उनका अनुसार दलको विधानलाई पूर्णता दिने कार्य भइरहेको छ। ‘पदाधिकारीलगायतका विषय टुंगिएपछि आयोगमा विधान लगायत दस्तावेज पेश गरिनेछ,’ उनले भने।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति